- रमेश पौडेल

इटहरी/ नेपली चलचित्रहरु अज भोली हलमा भन्दा पनि युटुवमा बढि चलेको देख्न सकिन्छ । युट्युबको कारणले गर्दा पनि देश बिदेशमा रहने नेपाली दर्शको लागि फिल्म हेर्न पक्कै पनि सजिले बनेको छ । तर फिल्म उधोगलाई घाटा के छ भने पछिल्लो समय हलमा भन्दा युट्युबमा फिल्मको पर्खाई बढि छ । कुनै कुनै सिनेमा यस्ता हुन्छन् जसले सिनेमा हलमा पनि उतिकै दर्शक तान्छन् भने युट्युबमा पनि उतिकै तान्छन् । यसको पछिल्लो उदाहारण हो ‘नाई नभन्नु ल ५’ । हेर्नुस पुरा फिल्म

यो फिल्मले भर्खरै एउटा रेकर्ड युट्युबमा कायम गरेको छ । नेपालि युट्युबको ईतिहासमा छोटो समयमा करोड क्लबमा प्रबेश गर्ने पहिलो फिल्म बन्न पुगेको छ ‘नाइ नभन्नु ल ५’ । फिल्मले सिनेमा हलमा पनि दर्शकको मन जितेको थियो भने यता युटुवमा पनि दर्शकको मन जित्न सफल भएको छ । २०७५ साल भाद्र ८ गते सिनेमा हलमा रिलीज भएको सो फिल्म युटुवमा भने सन् २०१९ जुन ८ मा भएको थियो । हामीले यो समाचार तयार गर्दासम्म अर्थात जुलाई ६ सम्म युट्युबमा सार्बजनिक भएको २९ दिनमै फिल्मले १ करोड भ्युज पाएको हो ।

फिल्मलाई लाईक गर्नेहरुको संख्या १ लाख ८२ हजार बढि छन् भने करिब १६ हजारबढिले सकारात्मक प्रतिक्रिया दिएका छन् । नाई न भन्नु ल ५ इलाम र झापाको सेरोफेरोमा रहेर छायांकन गरिएको थियो । सो फिल्मको निर्देशक बिकाश राज आचार्य रहेका छन् । नाई नभन्नु ल ५ बिशेष गरि अनुभब र सेड्रिनाको कारण पनि हलमा सार्बजनिक हुनु अगाबै देखि प्रतिक्षित बनेको थियो । उक्त चलचित्रमा दिलीप रायामाझि, प्रियांका कार्की, निरुता सिंह, केकी अधिकारी, स्वस्तिमा खड्का, अबिसेक नेपाल, अनुभव रेग्मी, सेड्रिना शर्मा हरुको अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया