इटहरी/ नेपाली चलचित्र फाटेको जुता असार २० गते युटुबमा सार्वजनिक गरीएको थियो । सार्वजनिक गरेको ३ दिन भित्र अर्थात असार २३ गते सम्म आइपुग्दा युट्युब नेपाल ट्रेण्डिङ्गको पहिलो स्थान कब्जा गर्न सफल भएको छ । सो फिल्म ‘फाटेको जुता’ २०७४ कातिक १७ गते नेपाली सिनेमा हलमा प्रदर्शनमा आएको थियो । हेर्नुस पुरा फिल्म

युट्युबमा सार्बजनिक भए लगत्तै ट्रेण्डिङ्गको यात्रा थालनी गरेको फिल्मलाई ३ दिनको अबधिमा झन्डै २२ लाख पटक हेरिएको छ । यता फिल्मलाई २८ हजारको लाईक र ३४ सय बढिको डिसलाईक आएको छ । युट्युबमा फाटेको जुत्तालाई २३ सयको हाराहारीमा कमेन्ट आएका छन् भने अधिकांशले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

निकेश खड्काको निर्देशनमा रहेको चलचित्रमा अभिनेत्री प्रियंका कार्की, अभीनेता सौगात मल्ल, कामेश्वर चौरासिया, रविन्द्र झा, र अनोज पाण्डेले अभिनय गरेका छन् । चलचित्र डार्क कमेडी जनरामा बनेको छ, जसमा सैगात मल्लको कुखुरा चोरको भुमिका छ । चलचित्र तराई मुलका व्यतिmको भुमिकामा छ ।

तपाईको प्रतिक्रिया