ईटहरी/ कुनै समय यस्तो थियो गायक गायिका मात्रै सबैभन्दा अगाडी हुन्थे तर अहिले समय बदलिएको छ । संगीतकार र गीतकारले पनि आफ्नो परिचय स्थापित गर्न सफल भएका छन । दर्शक सोर्ताले फलानो गीतको संगीतकार र गीतकार भनेर चिन्न थालेका छन । संगीत भरेर र गीत लेखेर नाम र दाम कमाउन सकिने समय आएको छ। संगीत क्षेत्रको यहि परिवर्तन र आकर्षणले होला नयाँ पुस्ताका गीतकार र संगीतकारको आगमन दिनानुदिन हुँदै छ । हेर्नुस भिडियो

गीतकारका रूपमा सरिता लिङ्देन नेपाली संगीतमा नयाँ नाम हो । भर्खरै मात्रै उनले आफ्नो पहिलो प्रयासका रूपमा ‘उडेर जाऊँ’ बोलको रोमान्टिक भर्सनको गीतको भिडियो सार्वजनिक गरेकी छिन । यस गीतमा स्वर लोकप्रीय गायिका अन्जु पन्तको रहेको छ भने शब्द सरिता लिङ्देनको रहेको छ । संगीत मन्जुल मितेरीको रहेको छ । गीतको म्युजिक एरेन्ज्मेन्ट बादल लिम्बुले गरेका हुन ।

लभ रोमान्सको भावमा प्रस्तुत गरिएको यस भिडियोमा नायिका तथा मोडेल रिमा बिश्वकर्मा र मोडेल निराजन प्रधानलाई प्रेम जोडीका रूपमा प्रस्तुत गरिएको छ । राम कुमार केसीले खिचेको भिडियोलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका हुन । सत्य राज चौलागाईको निर्देशनमा तयार भएको यस भिडियोलाई दर्शकको साथ र सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ ।

तपाईको प्रतिक्रिया