काठमाडौं/ बालबालिका सम्बन्धि अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपाललाई उत्कृष्ट सफलता मिलेको छ । सिँगापुरमा गत २६ जुन देखि जुलाईसम्म आयोजना भएकोे ‘एशिया प्यासिफिक ब्युटी, फेसन एन्ड फ्रेन्डशीप फेस्टिवल-२ मा सहभागी नेपालका पाँच बालबालिका मध्य २ ले उत्कृष्ट उपाधी जितेका छन् । सो फेस्टिबलमा एशियाका ४२ देशका बालबालिका सहभागी थिए । जसमा ‘लिटिल एशिया प्यासिफिक प्रिन्सेस-२’ मा नेपाली नानी कृष्टिना खड्काले ‘लिटिल एशिया प्यासिफिक प्रिन्सेस-२ शिर्षउपाधि जितिन् ।

वर्षीया कृष्टिना नेसनल किड्स अफ इयर-२ नेपालकी सिनियर समुहकी बिजेता हुन् । यस्तै ‘एशिया प्यासिफिक ब्युटी, फेसन एन्ड फ्रेन्डशीप फेस्टिवल-२’मै आयोजित ‘मिनी एशिया प्यासिफिक प्रिन्सेस-२ मा सबैलाई उछिनेर नेपाली नानी स्टेला शाहले शिर्ष उपाधि जितिन् । ८ वर्षीया स्टेला पनि नेसनल किड्स अफ इयर २ नेपालकी जुनियर समुहकी बिजेता हुन् । उनी युलेन्स स्कुलमा कक्षा ३ मा
पढ्दै छिन् ।

नेसनल किड्स अफ इयर २ कै उपबिजेता तथा र्याडिएन्ट रिडर्स एकेडेमकीका कक्षा ६ की यांशु श्रेष्ठले यो प्रतियोगितामा बेस्ट पर्सनालिटी र बेस्ट इन बीच स्विम वेयर उपाधि जितिन् । नेपाल टिमकी ८ वर्षीया मिनाल केसीले बेस्ट स्माईल र ९ वर्षीया सुखी प्रधानले बेस्ट पार्टी वेयरको अवार्ड पाए । यी पाँचै जनालाई लिटिल एशिया प्यासिफिक प्रिन्सेस-२ र मिनी एशिया प्यासिफिक प्रिन्सेस-२ को आधिकारिक संस्था इभेन्ट बेटर ग्यालेक्सीले सिँगापुर लगेको हो ।

दुई बालिकाको यो सफलता नेपालकै सफलता भएको इभेन्ट बेटर ग्यालेक्सीको अध्यक्ष धिरज तण्डुकारले मँगलबार काठमाडौंमा
आयोजित पत्रकार भेटघाटमा बताए । बिजेताहरुले पनि आफुहरुले लामो समयको मेहनत पश्चात एशियाका अरु देशका प्रतियोगीलाई जितेर उपाधि नेपाल ल्याएको पत्रकार भेटघाटमा बताए । उनीहरुलाई कोरियोग्राफर रोजिन श्रेष्ठले विशेष प्रशिक्षण दिएका थिए । अभिमन्यु शर्माले यो प्रतियोगिताको लागि व्यबस्थापन हेरेका थिए ।

तपाईको प्रतिक्रिया