ईटहरी/ पछिल्लो समय गलबन्दीका कारण चर्चा संगै बिबादमा मुछिएका चर्चित तथा लोकप्रिय लोक गायक प्रकाश सपूत ‘डिएनए क्लोथिङ’को ब्राण्ड एम्बेस्डर भएका छन् । एक कार्यक्रमका बिच बिगत दुईबर्ष देखि बजारमा आएको कपडाको ब्राण्ड डिएनएले गायक प्रकाश सपूतलाई एम्बेस्डरको घोषणा गरेको हो ।

एक बर्षका लागी एम्बेस्डरको रुपमा डिएनएसँग हस्ताक्षर गरेका प्रकाश उक्त ब्राण्डसँग जोडिनुको मुख्य कारण देश बिदेशमा छरिएर रहेका युवाहरुमाझ छिटो पुग्न सक्नु हो ।

गायिका शान्तिश्री परियार, तिलक बस्नेत लगायतको उपस्थिती रहेको उक्त कार्यक्रममा डिएनएको तर्फबाट केदार प्रसाद न्यौपानेले गायक प्रकाश सपूतलाई प्रमाण पत्र प्रदान गरेका थिए । गायक प्रकाश सपूतको ‘गलबन्दी’, ‘बोलमाया’, ‘दोहोरी ब्याटल’ लगायतका गीत सर्वाधिक रुचाइएका गीत हुन् ।

तपाईको प्रतिक्रिया