ईटहरी/ दिबंगत नायक श्रीकृष्ण श्रेष्ठ र नायिका स्वेता खड्का विवाह बन्धनमा बाधिँएको ५ वर्ष पूरा भएको छ । नेपालि सिने क्षेत्रमा लामो योगदान दिएका श्रीकृष्णको अकालमा स्वर्गीय भएका थिए । आज बिवाह दिनको पांच बर्ष लाग्दै गर्दा स्वताले उनको श्रीमान श्रीलाई सम्झिएर भाबुक बनेकी छिन । हेर्नुस उनको स्टाटस जस्ताको त्यस्तै

तर दुखको कुरा यो जोडी विवाह बन्धनमा बाँधिएको महिना दिनभित्रै उनीहरु सदाका लागी छुट्टिएका थिए । हो यो जोडीलाई विवाह भएको एक महिनामा नै भगवानले छुटाएको थियो । यसैबीच स्वेताले आफ्नो विवाह भएको ५ वर्ष पूरा भएको दिनलाई सम्झदै श्रीकृष्णसँगको तस्विर शेयर गर्दै एक भावुक स्टाटस लीखेकी छिन् । उनले भनेकी छिन, एकदमै धेरै मिस गरिरहेकि छु, विवाह दिनको पांच बर्षको अवसरमा धेरै धेरै शुभकामना ।

हाल नायिका स्वेता खड्का एक्लै छिन् । नायक श्री श्वेता र सबैका लागि सम्झना मात्रै सिमित रहेका छन् । स्वेता पतिको देहान्त पछि बिभिन्न सामाजिक काममा सक्रिय रहेकी छिन । उनले दुर्गम ठाउमा बस्ति निर्माण तथा अन्य दुखि गरिब लाई सहयोग गर्दै आएकी छिन। अहिले स्वेताको मनमा के पिडा छ सायद, सबैले अन्दाज गर्न सक्छन होला ।

तपाईको प्रतिक्रिया