ईटहरी/ आर्यन सिग्देलको अभिनय रहेको फिल्म “च च हुई”को रिलिज मिति घोषणा गरेको छ । साम्तेन भुटियाको निर्देशनमा रहेको फिल्ममा अभिनेत्री मिरुना मगर र आर्यनको मुख्य भुमीकामा रहेको फिल्म मंसिर ६ मा देशभर रिलिज हुने घोषण भएको निर्माण पक्षले जानकारी दिएको छ ।

यसअघि “च च हुई” कार्तिक २९ गते रिलिज हुने चर्चा भएता पनि फिल्म भने मंसिर ६ मा नै रिलिज हुने भएको छ । आर्यन र मिरुनाको मुख्य भुमीका रहेको फिल्ममा भोलाराज सापकोटा, माओत्से गुरुङ, पुस्कर गुरुङ, बबिता मल्ल लगायतको पनि अभिनय रहेको छ । सिजन दाहाल र संदेश अर्यालको कथा तथा संवाद रहेको सिनेमामा राजनराज शिवाकोटी र रोशन थापाको संगीत छ ।

तपाईको प्रतिक्रिया