इटहरी/ नेपाल चर्चै चर्चाको देश हो भन्दा फरक नपर्ला । २०१८ की मिस नेपाल श्रृङखला खतिवडाको प्रेम चर्चाले पनि यतिबेला नेपालमा राम्रै ठाउ पाउन थालेको छ । अहिले खतिवडा विदेशमा टर्कीको इस्तानबुलमा घुमफिर गरिरहेको छिन् । विदेश घुम्न गएकी खतिवडाले टर्कीमा भ्ल्गर शिसन बाँनियासँग खिचेको एक तस्वीरले नै उनीहरु प्रेममा रहेको चर्चा सुरु भएको छ । हुनत, शिसन र श्रृङ्खलाको प्रेम चर्चा नेपालमा चल्न थालेको पनि केही समय भयो ।

तर, यो बिषयमा उनीहरु दुबैले केहि बोलेको भने छैन् । शिसनको काँधमा श्रृङ्खलाले टाउको राखेर फोटो खिचाएसँगै उनीहरुको प्रेमको चर्चा सामाजिक संजाल तातेको छ । प्रेमीको काधमा शृंखला बिन्दास पारामा देखिएकी छिन । उनले श्रृङ्खलाका लागि मिस नेपालको प्रतिस्पर्धामा बनाएका भिडियो निकैनै चर्चामा आएको थियो ।

श्रृङ्खलाले आफ्नो सफलतामा पनि शिसनको नाम लिने गरेकी छिन् । मिस नेपालहरु अहिले आफ्नो प्रेमलाई खुलाउन थालेका छन् । यही विचमा, श्रृङ्खलाले पनि टर्की पुगेर प्रेमको घोषणा घुमाउरो पारामा गरेको हो भन्ने चर्चा पनि हुन थालेको छ । तर, यो बिषयमा दुइले औपचारिक रुपमा केही पनि बोलेको भने छैनन् ।

तपाईको प्रतिक्रिया