इटहरी/ छवि ओझाको जेठी श्रीमती हेमा ओझाले छविराज ओझा र नायिका शिल्पा पोखरेल बिरुद्ध बहुबिवाहको मुद्धा हालेकी छिन् । ५३ वर्षिय दुइ सन्तानकी आमा हेमाले श्रीमान छवि र सौता सिल्पा बिरुद्ध आईतबार माहानगरिय प्रहरी वृत गौशलामा बहुबिवाहको मुद्धा दायर गरेको हुन् ।

धरानबाट विवाह गरेका छविले हेमा संग १० बर्ष संगै बिताएर छुटिएका थिए अहिले हेमा पटिको दुई छोरा छन । पहिला प्रमाण नभएको र हाल प्रमाण प्राप्त भएकाले श्रीमान र कान्छी श्रीमती शिल्पा बिरुद्ध बहुविवाहको मुद्धा हालेको हेमाले निवेदनमा खुलाएकी छिन् ।

आफुमाथि घरेलु हिंसा भएको भन्दै गत साता श्रीमान छविराज ओझा विरुद्ध प्रहरी परिसर टेकुमा निवेदन दिएकी थिइन् । त्यसपश्चात् शिल्पाले काठमाण्डौं जिल्ला अदालतमा डिभोर्स फाइल गरिन् । छविकी जेठी श्रीमती हेमाले बहुविवाहको मुद्धा दायर गरेसँगै छवि शिल्पाको परपाचुके प्रक्रियालले नयाँ मोड लिएको छ ।

तपाईको प्रतिक्रिया