ईटहरी/ आसिस रनपालको शव्द, स्वरमा सजिएको गित ‘थाहाँ हुन्न’ सार्बजनिक भएको छ । गितमा प्रेम मण्डल र प्रास्ना अधिकारीको अभिनय रहेको छ भने भिडियोलाई दर्पिलाल मुस्कानले निर्देशन गरेका छन् । सो भिडियोलाई प्रेम मण्डलले निर्माण गरेका हुन् । निकै राम्रो अभिनयमा सजिएको म्युजिक भिडियो बिभिन्न रमणीय ठाउँहरुमा सुटिङ्ग गरिएको छ । हेर्नुस भिडियो यस्तो बनेको छ ।

भिडियोको मोडल तथा निर्माता मण्डल “हामीले गरेको प्रयासलाई दर्शकले मनपराई दिनुहुनेछ र अझ हामीलाई अन्य म्युजिक भिडियो बनाउन हौसला दिनुहुने छ । दर्शक बिना हाम्रो केहि औचित्य हुदैन त्यसैले हाम्रो लागि दर्शक नै भगवान हो ।” उनि थप्छन “यो हाम्रो प्रयास कस्तो भयो भन्ने कुरा त हामीलाई दर्शकले नै बताउनु हुनेछ र सो हि प्रतिक्रिया संगै आगामी दिनमा अझ राम्रो काम गर्ने कोसीस गर्नेछौँ ।

हामीले यो समाचार तयार गर्दा सम्म “थाहाँ हुन्न” बोलकोे म्युजिक भिडियोलाई युट्युबमा १४ हजार ७ सय भन्दा बढि पटक हेरी सकिएको छ भने ३ सय ४० भन्दा बढिले मन पराएर लाइक गरेका छने भने ४० भन्दा बढि डिसलाईक संगै ८० भन्दा बढि कमेन्टहरु आएका छन् । अधिकांस कमेन्टमा सकारात्मक नै प्रतिक्रीया आएको देख्न सकिन्छ ।

तपाईको प्रतिक्रिया