एजेन्सी/ अभिनेत्री प्रियंका चोपडाले आफ्नो ३७औं जन्मदिन आफ्नो परिवार तथा साथीको साथमा मनाइन् । प्रियंकाले पार्टीमा खिचाएको फोटोहरु अहिले सामाजिक संजालमा निकै छाएका छन् । यीनै फोटोहरुमध्ये एक फोटाले अहिले प्रियंकालाई समस्यामा पारेको छ । स्वीरमा प्रियंकाले चुरोट पिइरहेकी छिन् उनी मात्र होइन उनका पनि निक र आमा मधु चोपडाले समेत चुरोट पिइरहेका छन् ।

जुन फोटोलाई लिएर आम सर्वसाधारणले उनीमाथि ब्यंग्य गरेका छन । प्रियंकाले केहि वर्ष अगाडि मात्र आफु दमको ब्यथाले पीडित बनेको स्विकार गरेकी थिइन् र उनले २०१०मा एक पोष्टमा धुम्रपान गर्नु गलत रहेको बताएकी थिइन् । सामाजिक संजाल प्रयोगकर्ताहरुले सोही फोटो राख्दै आफुले बोलेको कुरा आफैं ब्यवहारमा लागू गर्न नसक्ने पाखण्डी भन्दै प्रतिक्रिया जनाइरहेका छन् ।

तपाईको प्रतिक्रिया