ईटहरी/ पछिलो समय निकै चर्चित युवास्टार प्रदीप खड्कालाई अहिले नयाँ लुकमा देख्न सकिन्छ । खड्काले प्रेमगीत ३ को क्यारेक्टरको लागि दारी पाल्न थालेका छन् । स्क्रिप्टमा छलफल गर्दै गरेको एक भिडियो निर्माण कम्पनि आसुशेन फिल्मसले सार्बजनिक गरेको छ जसमा प्रदीपलाई दार्ही जुँगामा देखिएको हो । प्रेमगीत ३ को टोली स्क्रिप्टलाई एकदमै चुस्त बनाएर मात्र सुटिङमा जाने तयारीमा रहेको निमार्ण गक्षले बताए । हेर्नुस भिडियो

फिल्मको निर्माता विजय चाम्लिङ र सन्तोष सेन तथा निर्देशक रहेको फिल्ममा पुराना कलाकार शिब श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, प्रदीप खडका, मनिष रावत, पुष्कर कार्की, प्रेम पुरी, नव नायिका कृष्टिना गुरुङ, अनुभव रेग्मी र समृद्धी शाही मुख्य भूमिकामा देखिदैछन् । अहिले प्रेमगीत ३ को टोली स्क्रिप्ट तयारीमा जुटिरहेका छन् ।

फिल्म ‘प्रेमगीत-३’ मा पछिल्लो समय समृद्धी शाही ‘ठकुरी’ पनि जोडिएकी छन् । फिल्ममा समृद्धीले ‘गीत’ पात्रको वाल्यअवस्थाको भूमिका निभाउने भएकी छन् । फिल्मको ‘गीत’ पात्रको बाल्यवस्थाको सुहाउँदो क्यारेक्टरको लागि लामो समयको खोज तथा अनुसन्धानपछि समृद्धी शाही ‘ठकुरी’लाई अनुबन्धित गरिएको निर्माता सन्तोष सेनले जानकारी गराए ।

साथै निर्माता सेनले फिल्म उद्योगमा समृद्धीलाई भित्र्याउन पाउँदा खुसी ब्यक्त गर्दै फिल्म ‘प्रेमगीत-३’ लाई दर्शकले चाहे अनुसारको बनाउन कुनै कसर बाँकी नराख्ने बताए । निर्माण पक्षका अनुसार आगामी नयाँ वर्षको अवसरमा चैत २८ गतेबाट ‘प्रेमगीत-३’ दर्शकमाझ रिलिजमा आउनेछ । आसुसेन फिल्मस प्रोडक्सनको ब्यानरमा बन्दै गरेको ‘प्रेमगीत-३’लाई मन्दिप गौतम र छेतेन गुरुङले लेखेका हुन् । फिल्मलाई निर्माता सेन र छेतेन गुरुङले एक साथ निर्देशन गर्दै छन् ।

तपाईको प्रतिक्रिया