ईटहरी/ कैलाश रनपाल र सुस्मा बिष्टको अभिनयमा सजिएको “ए सान्नानी” बोलको म्युजिक भिडियो सार्बजनिक भएको छ । भिडियो केहि समय अघि बुढासुब्बा डिजिटल युट्युब च्यानल बाट सार्बजनिक भएको हो । कैलासले सानै उमेरदेखि मोडलिङ्ग तथा नृत्यमा समेत निकै रुचि देखाउदै आएका थिए । सोहि कलालाई अहिले आएर भिडियोमा प्रस्तुत गर्न लागि परेका छन् । हेर्नुस उनले अभिनय गरेको भिडियो

मोडलिङ्ग संगै आफ्नो जीविकोपार्जन गर्न ईटहरि स्थित एक होटलमा क्याप्टेनको रुपमा कार्यरत छन् । उनले अत्यान्तै व्यस्तताको बाबजुद पनि मोडलिङ्ग र नृत्यलाई निरन्तरता दिन लागि परेका छन् । उनले अभिनय गरेको सार्बजनिक भिडियोको गीतमा आशिस रनपालको शब्द, संगित र स्वरमा सजिएको छ ।

दिपक बरालको निर्देशनमा रहेको म्युजिक भिडियोलाइ धरान र आसपास छायांकन गरिएको छ भने डिके भिडियोग्राफिले दृश्यलाई कैद गरेको हो । यस्तै कबिन खड्काले कोरियोग्राफी गरेको भिडियोलाई ललित शिह साउदले सम्पादन गरेका छन् । हामीले यो समाचार तयार पार्दा सम्म “ए सान्नानी”को भिडियोलाई ९ हजार भन्दा बढि पटक हेरीएको छ भने करिब ३ सयको हाराहारीमा लाईक पाएको छ । ९० भन्दा बढिले कमेन्ट गरेका छन् र अधिकास कमेन्टहरु सकारात्मक नै देखिन्छ ।

तपाईको प्रतिक्रिया