ईटहरी/ यतिबेला एउटा लहर नै चलेको छ भन्दा फरक नपर्ला । बिकिनी अवतारमा नेपाली नायिकाहरुको सामाजिक संजालमा तस्वीर अप्लोड । समाजले पचाउनै नसक्ने तस्वीरलाई समाजिक सन्जालमा राखेपछी सुभचिन्तक र फ्यानबाट भक्कु गाली गर्छन् । र बिकिनी अवतारकी नायिका भने मिडियामाथी रिस पोक्छन । यस्तै भएको छ अहिले । हेर्नुस् तल नायिका सुष्मा कार्की ले लेखेको स्टाटस ।

कार्कीले यो सोमबार आफ्नो फेसबुकबाट बोल्ड एन्ड बिकिनी अवतारको तस्बिर आफ्नो फेसबुक आईडिमा सार्वजनिक गरेकी थिइन । स्विमिङ्ग पुलको तस्बिर सार्वजनिक गर्ने बित्तिकै विभिन्न खाले गसिप बन्न थाल्यो । संगै उनकै प्रासंसकहरुले पनि गालिको बर्षा गर्न थाले । सायद सो कुरालाई पचाउन नसकेर नै हुनु पर्छ सोमबार नै मध्यरातमा माथिको स्टाटस आफ्नो फेसबुकमा पोस्ट गरिन । तर रिस मिडिया माथी गरिन ।

उनले राती ११ बजे लेखिन ‘अब स्विमिङ पुलमा कुर्था लगाएर स्विमिङ गर्नु पर्ला । काम नपाएकाहरु पैसा कमाउनको लागि अरुको फेसबुकबाट फोटो तान्दै समाचार बनाउछन् । भिकारीहरु अर्काको फोटो प्रयोग गरेर पैसा कमाऊ ।’ उनको बिकिनी रुप यो पहिलो भने हैन तर प्रस्तुत तस्बिरहरु एकाएक चर्चामा आउन थालेपछि सुस्माको पारो तातेको देखियो । उनको स्टाटसमा लेखिएक शब्दहरु निक्कै आपत्तीजनक छन् ।

उनले भनेकी छन् “काम नपाएकाहरु पैसा कमाउनको लागि अरुको फेसबुकबाट फोटो तान्दै समाचार बनाउछन्” उनको यो कुराले सिङ्गो मिडियामाथी धावा बोलेकी छिन् । यस्तै मिडियामाथी नै उनले “भिखारी” सब्दको प्रयोग गरेकी छिन् । उनको यो हर्कतले अब मिडिया उनलाई नचाहिने नै हो त ? भन्ने प्रश्न उब्जिन्छ भने उनको हैसियतलाई पनि यहि कुराबाट प्रष्ट बुझ्न सकिन्छ । उनले सो पोस्टलाई फेसबुकबाट त हटाईसकेकी छिन तर बोलेको बोलि र बन्दुकको गोलि कहिले फर्किदैन भन्ने उखान संग उनको कुरा जोडिन्छ ।

यस्तै केही दिन अगाडी मात्रै आफ्नो र प्रेमी संगको अन्तरङ फोटोमाथी आएको नकारात्मक प्रतिक्रियाको जवाफ स्वरुप घुमाउरो पारामा आलोचकहरुलाई अर्की नायिका साम्राज्ञी शाहले कुकुरको संज्ञा दिएकी थिइन् । तर उनी सुष्मा जसरी सिधा मिडियामाथी भने आक्रोशित भएकी थिइनन् । विवादमा परिरहने सुष्माले अब यो कुरालाई आगामी दिनामा कसरी लिन्छिन त्यो भने हेर्न बाकी नै छ ।

तपाईको प्रतिक्रिया