ईटहरी/ निर्मला पन्तको कुरालाई लिएर नायिका पुजा शर्माले आफ्नो अफिसियल फेसबुक पेजमा “१२ बर्ष जेल बसेको अपराधि केपी ओली, १४ हजार मनिस मारेर रगतको खोला बगाउने प्रचण्ड अपराधिहरुले नै सरकार चलाए पछि के चाहिन्छ नेथिङ्ख” भनेर निर्मलाको तस्विर हालेर लेखेकि छन् । यसअर्थमा उनि पनि निर्मलाको बिषयमा सरकार प्रति आक्रोशित भएको देखिन्छ । तर उनले पोस्ट फेसबुकमा राखेको केहि मिनेटमै हटाएकि छिन ।

यस्तै पूजा २० लाख पारिश्रमिक लिएर अर्को नयाँ फिल्ममा अभिनय गर्ने भएकी छन् । शर्माले ‘पोई पर्यो काले’ फिल्मको लागि २० लाख पारिश्रमिक लिएपछि उक्त विषयको बारेमा निकै चर्चा चलेको थियो । वर्षमा एउटा मात्र फिल्ममा देखिने पूजा शर्मा यो वर्ष भने एक भन्दा बढी फिल्ममा देखिने भएकी छन् । ‘समहालिन्छ मन’ मा १६ लाख लिएर काम गरेकी पूजाले आफ्नो पारिश्रामिक बढाउँदै २० लाख पुर्याएकी छन् । ‘समहालिन्छ मन’ पछि उनले ‘पोई पर्यो काले’ मा काम गरिन् । यो फिल्म कात्तिक ८ गतेबाट नेपालभर प्रदर्शनमा आउँदै छ ।

यसैक्रममा नयाँ फिल्म ‘म यस्तो गीत गाउँछु २’ मा काम गर्न थालेकी छिन् । ‘म यस्तो गीत गाउँछु २’ पछि शर्मा दार्जिलिङका निर्माताले बनाउन लागेको नयाँ फिल्ममा भित्रिने पक्का भएको छ । नयाँ फिल्मको निर्देशक भारतबाट आउने बताइएको छ । शर्माले यो फिल्मका लागि २० लाख पारिश्रमिक लिएकी छिन् । तर कागजी संझौता भने नभएको बताइएको छ । शर्माले फिल्मका लागि पेश्की रकम लिइसकेकी छन् ।

तपाईको प्रतिक्रिया