ईटहरी/ पछिल्लो समय नेपाली नायिकाहरु बिकिनी अवतार र भल्गर तस्वीरका कारण विवाद र आलोचित हुँदै आईरहेका छन् । साम्राज्ञि राज्य लक्ष्मी शाहले बिकिनि अवतार संगै आफ्नो प्रेमी संग समुन्द्री किनारमा बिकिनी आवरणमा चुम्बन लगायतका तस्वीर भाईरल अहिले पनि भैरहेको छ भने उनी पछि केही नेपाली नायिकाहरु सोहि स्वरुपमा देखिए । अहिले साम्राज्ञि फेरि सोही चुम्बन कान्डमा परेकी छन ।

साम्राज्ञि यतिबेला नेपालमा २ फिल्म छायांकन सकेर घुमघामका लागि नेपाल बाहिर छिन् । उनले समुन्द्री किनारमा प्रेमी देवांश रानासँगको अन्तरङ तस्विर सार्बजनिक पश्चात् फेरि गाडी भित्र प्रेमी संग ओठमा चुम्बन गर्दै गरेको तस्विर सार्वजनिक गरेकी हुन् । जस्मा उनका प्रसंसकहरुले आलोचना संगै भद्दा कमेन्ट गरिरहेका छन् ।

यसअघि उनको विकिनीको तस्बिरमा दर्शकले आलोचना गर्दा उनले ‘हाथी चले बजार, कुत्ते भुके हजार’ भन्दै ईन्स्टा र फेसबुक फोटो स्टोरी हाल्दै सब्दको झटारो आलोचकमाथी हानेकी थिइन् । साम्राज्ञी ‘रातो टिका निधारमा’ फिल्मको छायांकनपछि फुर्सदमा छिन् । फुर्सकको समयमा साम्राज्ञी प्रेमीसँग घुमघाम गर्न बाली पुगेकी हुन् । उनको ‘मारुनी’ फिल्म भदौ १३ गते प्रर्दशन हुँदैछ भने रातो टिका निधारमा दशैंको अवसर पारेर प्रर्दशन हुँदैछ ।

तपाईको प्रतिक्रिया