ईटहरी/ नब गायिका तारा नुमिहाङ्ग राईको स्वरमा रहेको गीत ‘मुटु किन’ सार्वजनिक भएको छ । पदम साधना कुलुङको शब्द, हरि लम्सालको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । हेर्नुस भिडियो यस्तो बनेको छ

फूलचन्द्रमा एल्बममा रहेको गीत ‘मुटु किन’को भिडियोलाई निकेश खडकाले निर्देशन गरेका हुन् । गीतको भिडियोमा पछिल्लो समयका चर्चित मोडल आकाश श्रेष्ठ र अञ्जली अधिकारीलाई फिचरिङ गरिएको छ । शम्भु राईले निर्माण गरेको गीतको भिडियोलाई बुद्ध थापाले छायाँकन गरेका हुन भने सम्पादन विकास धमलाले गरेका छन् ।

गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै राम्रो बनेको छ । ‘हामीले एउटा राम्रो गीत स्रोता÷दर्शकमाझ पस्किएका छौ, यसले सबैको मन जित्नेमा हामी आशावादी छौ’, सङ्गीतकार हरि लम्सालले भने ।

तपाईको प्रतिक्रिया