ईटहरी/ काभ्रेको बनेपामा पहिलो पल्ट एल एण्ड एन मोडल एजेन्सीले पहिलो अडिसन सम्पन्न गरेको छ । यहीँ साउन १८ गते शनिबारका दिन ग्रान्ड अडिसन सम्पन्न गरेको हो । मोडल बन्नेहरुको लागि सुनौलो अवसर सहित सो कम्पनीले १३ देखी ३० बर्षका बिबाहित, अबिबाहित, केटा, केटी सम्पूर्णले आबेदन फारम भराएका थिए । आबेदन शुल्क १००० मात्र लाग्ने र सेलेक्ट भैसकेपछि अन्य कुनै पनि सुल्क नलाग्ने समेत जानकारी आयोजकले दिएको छ ।

साउन १८ गते शनिबारका दिन बनेपाको बनेपा पार्टी प्यालेसमा दिउसो ११ बजे देखि सुरु भएर ३ बजेसम्म अडिसन चलेको थियो । काठमाडौ लगायत जनकपुर, बर्दिबास, मिर्चैया र लहानमा यस कम्पनीले भव्य र सव्यताका साथ फेसन सो आयोजना गरीसकेको छ । काभ्रेको बनेपामा लाईभ कन्र्सर्ट सँगै फेसन सो आयोजना गर्न लागेको आयोजकले बताए ।

आयोजकले तालीम, मेकअप, फोटोसुट, भिडियो प्रमोसन, ड्रेसअप लगायत निशुल्क सिकाएको समेत जानकारी आयोजकले बताए । काभ्रेमा फेसन सो मन पराउनेका लागी राम्रो अवसर हो । यस पटक महिलाहरुको महान चाड तिजलाई लक्षित गरेर आफ्नो दोस्रो सिजन बनेपामा गरेको र पहिलो पटक स्पोर्ट्स वेअर ड्रेसहरु समेत प्रस्तुत गर्ने उनले बताए ।

तपाईको प्रतिक्रिया