- सुवास संकल्प

ईटहरी/ नया सोच र कन्सेप्टमा नेपालमा पहिलो पटक ‘मिस्टर दारी २०१९’ हुने भएको छ । बिराटनगरबाट अडिसन सुरु गरेको ‘मिस्टर दारी’को अडिसन ईटहरीमा पनि सम्पन्न भएको छ । बिराटनगरमा १८ गते अडिसन सकेको मिस्टर दारी टिमले ईटहरीमा १९ गते आईतबार अडिसन सम्पन्न गरेको हो । ईटहरीस्थित गोरखा गल्लिमा रहेको कल्टेल बारमा भएको अडिसनमा १० जनाको सहभागिता रहेका थिए । पुरुषहरुको नेपालमा भईरहेको सौन्दर्य प्रतियोगिताकै ढाचामा यो शोको आयोजना भएपनी यसभित्रको खुराकहरु भने बिल्कुलै फरक रहेको ‘मिस्टर दारी’ आयोजना गर्ने ठन्डर प्रोडक्सनका म्यानेजिङ डिरेक्टर बिजय कार्कीले बताए । हेर्नुस बिजय संग गरिएको कुराकानी

यो शो को यतिबेला देशको विभिन्न मुख्य सहरहरूमा अडिसन लिने कार्य भईरहेको छ । बिजेताले विभिन्न पुरस्कार र अवार्ड सहित बलिउडमा डेब्यु गर्ने मौका समेत पाउने छ । बिराटनगर, ईटहरी संगै देशका अन्य शहरहरु झापा २० गते, चितवन २२ गते, बुटवल २४, बाकेको कोहलपुर २६ गते, पोखरा २८ र शोको अन्तिम अडिसन श्रावणको ३२ गते काठमाडौमा हुदैछ । यता शोको अफिसियल कोरियोग्राफरको रुपमा सनिश शाक्य रहेका छन भने जर्जको रुपमा फेसन कोरियोग्राफर प्रमोद बंशल रहेका छन् ।

आउदो श्रावणको ३२ गते काठमाडौ अवस्थित होटल मलायामा “मिस्टर दारी २०१९” को फाइनल अडिसन हुनेछ भने शोको ग्राण्ड फिनाले भने असोजको ५ गते राष्ट्रिय नाचघर काठमाडौमा हुनेछ । यो शोको ब्राण्ड एम्बासडरको रुपमा भने अभिषेक राज शिह थापा रहेका छन् । उनी दार्ही ग्याङका एडमिन हुन् । यो शोमा सहभागिता हुनको लागि प्रतियोगीको दारी हुन अनिवार्य छ भने उचाई र शारीरिक मोटाईले खासै फरक पर्दैन । फाईनलको लागि देशभरको अडिसन बाट ३० देखि ४० जनालाई छनौट गरेर फाइनल राउन्डको लागि काठमाडौमा विभिन्न प्रशिक्षण दिईने छ ।

“मिस्टर दारी”को बिजेताले गौतम होलिडेजबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टुरको ब्यवस्था संगै १ लाख नगद पुरस्कार र पस्मिनाको ब्राण्ड पनि पाउनेछन । यस्तै बिजेताले अन्तरास्ट्रिय शोहरु तथा बलिउडमा पनि अवसरका लागि पठाईने कार्कीको भनाई छ । सुरुवाती चरणमा हामिले यस्तो कन्सेप्टमा शो आयोजना गर्दै छौ भन्दा हास्ने मान्छेहरू अहिले बिस्तारै “मिस्टर दारी”ले चर्चा बटुल्दै गर्दा धेरै जना सकारात्मक देखिएको उनले बताए । “मिस्टर दारी”को अफिसियल मिडिया पार्टनरको रुपमा डिथ्री अनलाईन रहेको छ भने शोको सम्पुर्ण फोटोग्राफी पापाज फोटोग्राफीले गर्दैछ ।

तपाईको प्रतिक्रिया