ईटहरी/ प्रतिक्षित फिल्म मारुनीको ट्रेलर सार्वजनिक भएको छ । नवल नेपाल निर्देशित यो चलचित्रलाई पूनम इन्टरटेन्मेन्टको ब्यानरमा पूनम गौतमले निर्माण गरेकि हुन् । साम्राज्ञीको मारुनीमा बिल्कुलै नयाँ अबतार देख्न सकिन्छ । सधैनै फरक भूमिकाको खोजीमा रहेकी साम्राज्ञीले मारुनीमा फरक भूमिका रहेको ट्रेलरमा देख्न सकिन्छ । हेर्नुस ट्रेलर

फिल्मको ट्रेलरमा नायिका रेविका गुरुङ र नायक पुष्प खड्काको रोमान्स देखिएको छ । तर, पुष्पका लागि साम्राज्ञीको प्रेम पनि ट्रेलरमा देखाइएको छ । ट्रेलरले अझै फिल्मको कथावस्तुलाई स्पष्ट खोलेको छैन । यसअघि यो फिल्मको २ गितको भिडियो र अफिसियल पोस्टर सार्बजनिक भैसकेको छ । सार्बजनिक भएको २ गीतको भिडियोलाई सिनेप्रेमी दर्शकहरुले खुबै रुचाएका छन् ।

भदौ १३ गतेबाट यो फिल्म रिलिज हुँदैछ । फिल्मको ट्रेलर कलरफूल छ । फिल्ममा राजा प्रधान, दर्शना केसी र मिना क्षेत्री सह-निर्माताको रुपमा छन् । मित्र डी गुरुङको सम्पादन रहेको चलचित्रमा दिपक बज्रचार्य, अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत छ । ट्रेलर सार्वजनिक भएसँगै दर्शकको प्रतिक्षा फिल्मलाई लिएर अझै बढ्ने अपेक्षा गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया