ईटहरी/ नेपालको चर्चित सिरियल भद्रगोलको प्रशारण रोकिएको छ । युटुबमा प्रायजसो ट्रडिङमा आउने र टेलिभिजनमा पनि राम्रो र्दशक कमाएको हाँस्य सिरियल यो आर्थिक बर्ष ७५/७६ देखी प्रशारण भएको छैन् । ‘नयाँ आर्थिक वर्ष सुरु भएपछि विज्ञापन एजेन्सीसँग सम्झौता नविकरण गर्नुपर्ने हुन्छ । त्यो अहिले भएको छैन ।

आन्तरिक कुराहरु नमिलेकाले हामीले सिरियल प्रशारण गर्न नसकेका हौं । मिडिया हवसँग सम्झौता भएसँगै सिरियल पुन प्रशारण हुन्छ ।’ भद्रगोलको निर्देशक दीपक आचार्य बताउछन् । अहिले भद्रगोलको कुनै पनि श्रखला छायांकन भएको छैन । भद्रगोल रोकीएपछि र्दशकको गाली पाईरहेको छ भद्रगोल टिमले । यसअघि पनि आर्थिक कुरा नमिल्दा ‘भद्रगोल’को प्रशारण रोकिदै आएको थियो । संझौता भएपछि मात्र नयाँ भाग छायांकन गर्ने दीपकको भनाई छ ।

तपाईको प्रतिक्रिया