ईटहरी/ यस बर्ष नायिका साम्राज्ञि राज्यलक्ष्मी शाहको दुई फिल्म रिलिज हुने क्रममा छ । एउटा फिल्म मारुनी आउदो भदै १३ गते रिलिज हुदैछ भने अर्को फिल्म रातो टिका निधारमा दशै लाई लक्षित गरेर रिलिज हुदैछ । यता साम्राज्ञी आलोचित पनि निक्कै हुने गर्छिन । उनको चर्चा त छदैछ तर उनको बेलाबेला देखिने क्रियाकलापले गर्दै उनकै फ़्यानबाट गालीको वर्षा हुने गर्दछ । कहिले स्तन नजिक ट्याटु खोपेर होस या त प्रेमी संग समुन्द्री किनारमा चुम्बन सहित रोमान्स गरेको तस्विर बाहिरिएर । तर आलोचनाले उनलाई केहि फरक नपर्ने भैसकेको छ । यो कुरा केहि अघि उनले इन्स्टा र फेसबुक स्टोरिमा हालेको कुराले प्रस्ट्याउछ । यतिबेला भने उनले ब्ल्यु सारीमा आफ्नो तस्विर सार्बजनिक गरेकी छन् ।

यसबर्ष सार्बजनिक प्रदर्शनमा आउने उनको दोश्रो फिल्म ‘रातो टिका निधारमा’को गीतको भिडियोमा लगाईएको सारीमा उनले सो तस्बिर सार्बजनिक गरिकी हुन् । मारुनीमा पनि उनको अभिनय फरक किसिमको देख्न सकिन्छ । केहि समय अगाडि साम्राज्ञिले आफ्नो अफिसियल फेसबुक पेजमा सारी लगाएको फोटो लगाएको छिन् । साम्राज्ञिलाई सारि लगाएको फोटोमा निकैनै राम्रो देखिएको छ । सो तस्विरहरुमा सकारात्मक कमेन्टहरु र तारिफ पाईरहेकी छन् भने उनका फ्यानले यसअघि प्रेमी संग भएको घटनालाई भुल्न नसकेको सार्बजनिक तस्वीरको कमेन्ट हेर्दा थाहा हुन्छ । केहि दिन अघि सार्बजनिक साम्राज्ञी अभिनित मारुनीको ट्रेलरले यतिबेला चर्चा बटुलिरहेको छ । तस्वीर साम्राज्ञिको फेसबुकबाट ।

तपाईको प्रतिक्रिया