ईटहरी/ दशैको अवसरमा प्रर्दशन हुने फिल्म ‘रातो टिका निधारमा’को ‘मेरो माया के हो’ बोलको गीत सार्वजनिक भएको छ । बिहिबार प्रेसमिट गर्दै फिल्मको गीत सार्वजनिक गरिएको छ । फिल्मको रोमान्टिक गीतमा नायिका साम्राज्ञी राज्यक्ष्मी शाह र नव नायक अकिंत शर्मा फिचर्ड छन् । हेर्नुस भिडियो :

निशान भट्टराई र अस्मिता अधिकारीको स्वर रहेको गीतमा शब्द रवि मल्ल र संगीत कल्याण सिंहको रहेको छ । फिल्ममा साम्राज्ञी र अकिंतसँगै बुद्धि तामाङ, रविन्द्र झा, शिवहरी पौडेल, निता ढुंगाना, खुश्बु खड्का, लक्ष्मी गिरी, अरुणा कार्की, बसुन्धरा भुषाल, जयानन्द लामा, राजाराम पौडेल, कमला रेग्मी लगायत कलाकारको अभिनय रहेको छ ।

अकिंत शर्मा आफ्नै होम प्रोडक्शनको फिल्मबाट डेब्यु गर्दैछन् । अशोक शर्माले निर्देशन गरेको फिल्मलाई किरण शर्मा र कृति शर्माले निर्माण गरेका हुन् । पुरुषोत्तम प्रधानले खिचेको फिल्मलाई मित्र डि गुरुङले सम्पादन गरेका छन् ।

तपाईको प्रतिक्रिया