काठमाडौं/ सन्तोष सेनको निर्माणाधीन फिल्म ‘प्रेमगीत-३’को चर्चा दिनप्रति दिन चुलिदै गएको छ । दशैं लगत्तै फ्लोर जाने यो फिल्ममा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, प्रदीप खडका, पुष्कर कार्की, प्रेम पुरी, कृष्टिना गुरुङ, अनुभव रेग्मी र समृद्धी शाही ठकुरी मुख्य भूमिकाको लागि फाइनल भइसकेका थिए । अहिले आएर यसै फिल्मको मुख्य भूमिकामै कुशल कलाकार माओत्से गुरुङ र लक्ष्मी बर्देवालाई पनि अनुबन्धित गरिएको निर्माता सेनले जानकारी गराएका छन् । हेर्नुस उनको फेसबुक स्टाटस

‘प्रेमगीत-३’ को कथामा रहेका हरेक पात्रको आ-आफ्नै महत्व भएकाले फिल्ममा कुनै पनि पात्रको सम्झौता गर्न नचाहेको निर्माता तथा निर्देशक सेनको भनाइ छ । उनले यो फिल्ममा जीवन भट्टराई, जीवन बराल, योगिशा खत्री र शिशिर राणासमेत सशक्त भूमिकाको लागि थपिदै गरेको जानकारी गराए । प्रेमगीत र प्रेमगीत-२ को तुलनामा ‘प्रेमगीत-३’ तीन गुणा बढी ब्यापक बन्नेमा कुनै दुई मत छैन ।

स्टारकास्टकै कारण फिल्मको चर्चा दिनप्रति दिन चुलिदै गएको छ । अहिलेको समय फाइनल भइसकेका कलाकारहरु वर्कशपमा व्यस्त छन् । त्यस्तै भर्खरै फाइनल भएका अन्य कलाकरहरु पनि चाँडै वर्कसपमा आबद्ध हुने निर्माता सेनले जानकारी गराए । यो फिल्मलाई निर्माता तथा कलाकार सन्तोष सेन र छेतेन गुरुङले संयुक्त रुपमा निर्देशन गर्दैछन् । फिल्मको कथा निर्देशक गुरुङ र मन्दिप गौतमले लेखेका हुन् ।

तपाईको प्रतिक्रिया