ईटहरी/ चक्लेटि हिरो अनमोल केसीको नयाँ फिल्मको नाम सोमबार सार्वजनिक भएको छ । दि सुपर काजोल फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्मको नाम एन्टी हिरो राखिएको हो । एन्टी हिरो फिल्म सोमबार मात्र चलचित्र विकाश बोर्डमा दर्ता गरिएको हो । दशैंपछि छायांकन सुरु हुने फिल्ममा अनमोलको लभ स्टोरी र एक्सन देख्न सकिने नायक तथा निर्माता भूवन केसीले जानकारी दिए ।

उनले भने “फिल्मको अन्य टिम फाइनल भएको छैन् र यस फिल्ममा मेरो पनि मुख्य भुमिका रहने र चाडै नै नायिका पनि सार्वजनिक गर्नेछौ” । भूवन केसी भने भिलेनको अबतारमा छन् । यो चलचित्रका लागि नायक अनमोल केसीले केही समयदेखि तयारी गरिरहेका छन् । चलचित्रको अहिले स्क्रिप्टमा काम भैरहेको छ । दर्शकले नायक अनमोल केसीलाई एक्सन र लभ स्टोरी भूमिकामा देखिन आग्रह गरिरहेका छन् । यसैले पनि दर्शकका लागि अनमोलको यो भूमिका विशेष हुने अपेक्षा गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया