- सुवास संकल्प

ईटहरी/ आउदो भदौको १३ गतेबाट सार्बजनिक प्रदर्सनमा आउन तयार रहेको फिल्म मारुनी को यतिबेला व्यापक प्रचारप्रसार सुरु भएको छ । फिल्म युनिटले ७ प्रदेशमा ४ ओटा कन्सर्ट गर्दैछ भने सबै कन्सर्टमा फिल्मकी नायिका साम्राज्ञि राज्यलक्ष्मी शाह र नायक पुष्प खड्काको उपस्थिति रहने छ । भदौ ४ गते ईटहरीबाट सुरु हुने कन्सर्टमा साम्राज्ञि र पुष्पले नृत्य समेत गर्दैछन् ।

प्रचारप्रसारमा फरक शैलीलाई अपनाउदै फिल्म मारुनिको टि-सर्ट लगाएर ईटहरीमा युवायुवतीहरुले फोटोसुट गराएका छन् । ईटहरीको पर्यटकीय स्थल तालतलैयामा दर्जन बढी युवायुवतीहरुले फोटोसुट गराएका हुन् । परिकला मिडिया प्राली द्वारा संचालित डिथ्री अनलाइनको ब्यवस्थापनमा भैरहेको मारुनी प्रचारप्रसार संगै कन्सर्टको यतिबेला ईटहरीमा चर्चा सुरु भएको छ ।

फोटोसुट पश्चात् रोड क्याम्पियन, कलेज क्याम्पियन, प्रेसमिट र कन्सर्टको कार्यक्रम तय भएको छ । भदौ ४ गते कन्सर्टमा फोटोसुट गराएका युवायुवतीहरुले र्याम्प वाल्क पनि गर्नेछन भने उनिहरु संग साम्राज्ञि र पुष्प पनि र्याम्पमा निस्कने छन् । ईटहरीको ईटहरी सेन्टर प्लाजा अगाडिको रोडमा हुन लागेको खुल्ला कन्सर्ट ४ बजेबाट सुरु भै ७ बजे सकिने छ । पुनम ईन्टरटेन्मेन्टको ब्यानरमा पुनम गौतमले निर्माण गरेको फिल्मलाई नवल नेपालले निर्देशन गरेका हुन् ।

तपाईको प्रतिक्रिया