ईटहरी/ यतिबेला मुख्य केन्द्रबिन्दुमा पुगेको छवि र शिल्पा काण्डलाई सालिकराम र रविको काण्डले ढपक्कै ढाकेको छ । यद्यपि छवि र शिल्पाको अप्डेटवाला समाचारहर भने फाट्टफुट्ट सार्बजनिक भैरहेका छन् । केही दिन अघिमात्र शिल्पा पोख्रेललाई सर्वोच्च अदालतले तत्काल पक्राउ नगर्ने आदेश दिए पस्चातको समाचार पछि यतिबेला छवि र शिल्पाको बिवाहको हालसम्म गोप्य रहेको तस्वीरहरु सार्बजनिक भएका छन् ।

सार्बजनिक तस्विरमा निर्माता तथा बितरक समेत रहेका शिल्पा पति छवि राज ओझाको हात प्लास्टर गरिएको देख्न सकिन्छ । सो बेला छविको हात भाचिएको समाचारहरु सार्बजनिक भएको छ । यता छवि र शिल्पाले वि.स.२०७३ असार २९ गते विवाह गरेका थिए भने सो बेलाको तस्वीरहरुलाई यतिबेला सभस्त इन्टरटेमेन्ट डटकमले सार्बजनिक गरेको हो ।

बेहुला बेहुलीको भेषमा रहेका छवि र शिल्पाको विवाहमा केही पारिवारिक सदस्य र फिल्म क्षेत्रका सिमित व्यक्तिहरुलाई पनि देख्न सकिन्छ । छवि र शिल्पा बिच डिभोर्सको चर्चा मिडियामा पनि व्यापक चलिरहदा रियालिटी कथाले फरक मोड लिदै छवीकि जेठी श्रीमती हेमा ओझाले बहुविवाहको केश हालेपछि छवि शिल्पालाई संकट माथी महा-संकट थपिएको थियो ।

तपाईको प्रतिक्रिया