ईटहरी/ नेपाली कथानक चलचित्र कृ ले एक सातामै ५० लाख भिवर्स पुर्याउदै युट्युव नेपाल ट्रेण्डिङ्गको पहिलो स्थानमा बिगत केहि दिन देखि अड्डा जमाईरहेको छ । सुपरस्टारको ट्याग भिरेका अनमोल अभिनित कृ ले सिनेमा हलमा पनि औसत ब्यापार गरेको थियो । हामीले यो समाचार तयार पार्दा सम्म फिल्म लाई युट्युबमा ५१ लाख ७४ हजार भन्दा बढि पटक हेरीएको छ । ८० हजार भन्दा बढिले मन पराएर लाईक गरेका छन् भने ६ हजार भन्दा बढिले डिसलाईक गरेका छन् । हेर्नुस पुरा फिल्म

फिल्मको कमेन्टमा १० हजार भन्दा बडिले कमेन्ट गरेका छन् । श्रावण ३१ गते हाइलाईट नेपाल नामक युट्युव च्यानलबाट सार्बजनिक भएको फिल्मको कमेन्टमा अधिकांस मानिसले सकारात्मक नै कमेन्ट गरेको देख्न सकिन्छ । फिल्मलाई सुपर काजोल फिल्मसले प्रस्तुत गरेको हो ।

अनमोल केसी, अनुपविक्रम शाही, अदिति बुढाथोकी, कामेश्वर चौरसिया, सरोज खनाल, राजेन्द्र भट्ट लगायतका कलाकारले अभिनय गरेको यो फिल्मलाई सुवास गिरी र भुवन केसीले निर्माण गरेका हुन् । अनमोल केसीलाई एक्सन अवतारमा प्रस्तुत गरिएको यो फिल्मको सम्पादन, कथा र निर्देशन सुरेन्द्र पौडेलले गरेका हुन् । अदिति बुढाथोकीले यसै फिल्मबाट नेपाली रजतपटमा नायिकाका रूपमा डेब्यु गरेकी हुन् ।

तपाईको प्रतिक्रिया