ईटहरी/ एल एण्ड एन मोडल एजेन्सीको आयोजनामा फेस्ट फेसन सो शनिबार बनेपा पार्टी भेनुमा सम्पन्न भएको छ । काभ्रे जिल्लामा पहिलो पटक काभ्रे फेस्ट फेसन सो कार्यक्रम आयोजना गरिएको हो । एस पटक महिलाहरुको महान चाड तिजलाई परेर आफ्नो दोस्रो सिजन बनेपामा गरेको र पहिलो पटक स्पोर्ट्स वेअर ड्रेसहरु समेत प्रस्तुत गरि समाजमा छुट्टै किसिमको फेसन सो आयोजना गरेका एल एण्ड एन मोडल एजेन्सीका प्रबन्ध निर्देशक नितिन कर्ण कायस्थले बताए ।

काठमाडौ लगायत जनकपुर, बर्दिबास, मिर्चैया र लहानमा समेत यस संस्थाले फेसन सो आयोजना गरीसकेको भन्दै काभ्रेको बनेपामा लाईभ कन्र्सर्ट सँगै फेसन सो भव्यता र सव्यताका साथ सम्पन्न भएको आयोजकले बताएका छन् । उक्त कार्यक्रममा प्रमुख आतिथिको रुपमा बनेपा नगरपालिकाका मयेर लक्ष्मी नरसिंह श्रेष्ठ रहेका थिए । साथै विभिन्न मिडियाकर्मी, कलाकार, समाजसेवी र बुद्धजिवीहरुको पनि उपस्तिथी थियो ।

उक्त कार्यक्रममा गायक हरि कर्माचार्य (ग्ल्लोमी गुय्स), गायक रबि रिमाल, गायक कर्ण राज गिरि, गायक रमेश श्रेष्ठ मेलोडी, नृत्यमा चिर्रिंग लामा (बेली) र शिव जीको प्रस्तुति थियो । नेपालको फेसन जगतमा पहिलो पटक स्पोर्ट वेअर फेशन प्रस्तुत गरेका छन् । काभ्रे फेस्ट २०१९ को फोटो कन्टेस्टमा प्रथम भूमिका आचार्य, फस्ट रनरमा निशा थापा र सेकेण्ड रनरमा रोहण श्रेष्ठ रहेको आयोजकले जानकारी दिएका छन् । यस कार्यक्रम पश्चात आर्को कार्यक्रम बर्दिबासमा गर्ने जानकारी गराए । कार्यक्रममा ५०० भन्दा बढी दर्शकहरुको आगमन रहेको थियो ।

तपाईको प्रतिक्रिया