ईटहरी/ ईटहरिको पेस्को मेकअफ स्टुडियो र श्रृजना व्यटि पार्लरले संयुक्त रुपमा प्रदेश १ स्तरिय बेहुली मेकअप प्रतियोगिता सम्पन्न गरेको छ । बिहिबार भएको फाईनल कार्यक्रममा रुबिना श्रेष्ठले उपाधी जित्न सफल बनेकी छन् । सो प्रतियोगितामा सहभागी २० प्रतिष्पर्धीलाई पछि पार्दै रुवीनाले उपाधी चुम्न सफल भएकी हुन् । हिन्दु महिलाहरुको माहन चाड हरीतालीका तिजको अबसरमा आयोजना गरिएको प्रदेश १ स्तरीय सौन्दर्य प्रतियोगितामा क्रमश दोश्रो र तेश्रो पूजा लिम्बू र नानीमा राई भएकी थिइन् । बिजेतालाई ट्रफी, प्रमाण पत्र र नगद पुरस्कार वितरण गरिएको थियो ।

सुनसरी, मोरगं र राजबिराज गरि बिभिन्न ठाउँबाट २० जना सौन्दर्यकला व्यवसायीहरुको समेत प्रतियोगितामा सशभागिता रहेको थियो । प्रदेश १ स्तरीय सौन्दर्य प्रतियोगितामा सहभागी सौन्दर्यकला व्यवसायीहरुले बेहुली मेकअपमा श्रृगांर गरेर ल्याएका महिलाहरुलाई स्टेजमा प्रस्तुत गरिएको थियो । एकै मन्चमा २० जना विभिन्न भेषभुषा सहितका बेहुलिहरु प्रस्तुत हुदा कार्यक्रम निक्कै रोमाञ्चक भएको थियो । प्रतिष्पर्धीले सो बेहुलिहरुलाई गरिएको मेकअपको आधारमा निर्णायक मण्डलीमा रहेका जज अरुण प्रधान लगायतका ५ जना निर्णायकहरुले विजेताहरुको छनौट गरेका थिए ।

हरितालीका तिज नजिकीदै गरेकोले कार्यक्रममा दरको व्यवस्था पनि रहेको थियो । कार्यक्रम प्रदेस सभासद उमिता बराईलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उद्योग वाणिज्य संघ इटहरीका वरिष्ठ उपाध्यक्ष दिवस पोखरेल, कोषाध्यक्ष गायत्री कटुवाल, सविना सोभा काईराला, पञ्ची ओइवा, लगायतका सौन्दर्यकला व्यवसायीहरुको उपस्थिती रहेको थियो । तिजका अवसरमा मनोरञ्जनका साथै सौन्दर्यकला व्यवसायीहरुको क्षमतालाई अझ बढी विस्तार गर्न सहयोग पुर्याउने उद्धेश्यले प्रतियोगिताको आयोजना गरिएको पेस्को मेकअप स्टुडियोकी सञ्चालिका तथा कार्यक्रमकी अध्यक्ष मनिता तामाङ्गले जानकारी दिइन ।

तपाईको प्रतिक्रिया