ईटहरी/ पछिल्लो समय सामाजिक सञ्जालमा बेला बेला केहि न केहि भाईरल भैरहेका छन् । सामान्य व्यक्ति देखि कहिले कलाकार, कहिले पत्रकार, कहिले बाबाजी लगायत अन्य धेरै कुराहरु भाईरल भैरहेका छन् । यस्तैमा हालै समाचार बाचिका सामाजिक सञ्जालमा भाईरल भैरहेकी छन् । उनि नराम्रो पक्षले भन्दा राम्रो पक्ष अर्थात उनको सौन्दर्यताको कारण भाईरल भैरहेकी छन् । भाईरल हुदै गरेकी उनि कान्तिपुर टेलीभिजनमा समाचर प्रस्तोताको रुपमा कार्यरत छिन । उनि हुन् श्री पाण्डे ।

खोजि गर्दै जादा उनि टिकटकमा पनि लोकप्रिय रहेको पाईयो । उनलाई टिकटिकमा फलो गर्नेहरु १ लाख ८१ हजार बढि छन् भने उनले हालेका टिकटकहरुमा लाखौ भ्युज आएका छन् । श्री समाचार वाचिका मात्र नभएर एक राम्रो मोडल पनि हुन् । हिमालय टेलीभिजनबाट समाचर बाचन सुरु गरेकी पाण्डेले अहिले कान्तिपुरमा समाचार बाचन गछिन् । उनि करिब ३ बर्षदेखि समाचर बाचन गर्दै आएको छिन् । सानैदेखि क्यामाराको अगाडि काम गर्ने रुचाउने श्री अत्यन्तै सुन्दर पनि छिन् । उनले यसरि भाईरल भएको बिषय थाहा पाएपछि आफ्नो फेसबुक आईडि बाट यस्तो लेखेकी छन् ।

उनले समाचार भन्दै गर्दाको तस्विरहरु सामाजिक संजाल फेसबुकको थुप्रै ग्रुपहरुमा यतिबेला छ्याप्छ्याप्ती भेटिन्छन । सानै देखि समाचार भन्ने सपना बोकेकी श्रीले करिब ४ बर्ष अगाडि म्युजिक भिडियोबाट मोडलिङ्ग क्षेत्रमा प्रवेश गरेकी हुन् । उनले केहि म्युजिक भिडियोमा समेत काम गरिन तर त्यसबाट उनलाई खासै खुशिको अनुभव भने गरिनन् । उनले अभिनय गरेको “महसुस तिम्लाई गर्छु” गीतलाई कमल खत्री र आरके खत्रीले गाएका छन् भने प्रचण्डकी नातिनी ले गएको “भुर्र भुर्र” बोलको गीत लगाएतका भिडियोमा पनि उनको कुशल अभिनय देख्न सकिन्छ ।

साइन्स पढेको भएता पनि उनि काठमाडौं एमबीबीएस पढनको लगि आएपछि उनि आफ्नो रुचिको क्षेत्रमा लागिन र अहिले सफल समेत बनिन् । श्री अहिले नेपालका टप लिडरहरुसगंको टक सो चलाउने तयारीमा छिन् । श्रीका अनुसार समाचारबाचन पनि निकैनै सिरियस काम हो, यो पनि एउटा अभिनय नै हो तर रियल देखिनुपर्छ, समाचार अनुसार हाउभाउ र स्वर पनि त्यस्तै हुनुपर्छ, लेखेका कुरा पढ्ने मात्र होईन, सम्पादन र रिपोर्टिङ समेत सक्ने हुनुपर्छ श्री बताउछिन् । तस्विर – सामाजिक संजाल

तपाईको प्रतिक्रिया