ईटहरी/ एल एन्ड एन मोडल एजेन्सीले आउदो भाद्र २१ गते बर्दिबास फेसन शो २०७६ को दोस्रो सिजनका लागि पहिलो चरणको अडिसन गर्ने भएको छ । यस सिजनमा भग लिनलाई ८ बर्ष देखि ३० बर्षका समुहले भाग लिन पाउने व्यवस्था गरिएको आयोजकले जानकारी गराएका छन । अहिले भाद्र २१ गते सनिवारको अडिसनको लागि तयारी भैरहेको र छुटेकाहरुको लागि अर्को सनिवार अडिसन गरिने छ ।

बच्चा देखि युवासम्मलाई र्याम्पमा समेट्ने गरि कार्यक्रमको कार्यक्रमको रुपरेखा तयारी गरिरहेको एजेन्सीका सन्चालक नितिन कायस्थले बताए । इच्छुकले अडिसनका लागि १००० फारम सुल्क तिर्नु पर्ने छ भने यसपस्चात अन्य केही शुल्क नलाग्ने पनि कायस्थले सुनाए । अडिसन बर्दिवासको गौतम होटलमा ११ बजे देखि ३ बजे सम्म हुने भएको छ ।

हिन्दुहरुको महान चाड बिजया दशमीलाई लक्षित गर्दै ग्रान्ड फाईनलका दिन नेपाली कला र संस्कृतिलाइ प्रबर्धन गर्ने उद्देश्य सहित हस्तकला, चित्रकला, गायन, नृत्य एबम कमेडी संग संगै विभिन्न ख्याती प्राप्त फेशन डीजाइनरका ड्रेसहरु समेत प्रस्तुत गरिने छ । अडिसनमा बिवाहित तथा अबिवाहित दुबैले सहभागी जनाउन पाउने छन ।

तपाईको प्रतिक्रिया