ईटहरी/ लोकप्रिय गायक शिव परियारको “क्षतिपूर्ति” बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायक परियारसँगै गीतमा आरज केशवको र्याप समावेश गीतमा बादल घिमिरेको शब्द तथा संगीत रहेको छ भने शाहस शाक्यको एरेन्ज रहेको छ । सुब्रत राज आचार्यले निर्देशन गरेको भिडियोमा जुम्ली दिदी बहिनी प्रिज्मा, प्रिन्सी र अर्जुनको अभिनय रहेको छ । हेर्नुस भिडियो

मायामा धोका पाउदाको पिडा प्रस्तुत गरिएको गीतले मायामा धोका खानेहरुले क्षतीपूति पाउनुपर्ने माग गरिएको सार्वजनिक गीत रिलिज भए लगत्तैबाट चर्चाको शिखरमा छ ।

माया पिरती र धोकाको भाव समावेश गरिएको गीतको भिडियो ज्ञानेन्द्र शर्मा हुमगाईले छायाँकन गरेका हुन् । भिडियोलाई बिकास ज्ञवालीले सम्पादन गरेका हुन् । भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको छ भने गीत गायक परियारकै युटयुबच्यानलबाट सार्वजनिक गरिएको हो ।

तपाईको प्रतिक्रिया