ईटहरी/ बहुचर्चित हास्य टेलिश्रृखला “भद्रगोल” पुनः प्रसारण भएपनि यतिबेला ब्यापक आलोचना भैरहेको छ । आलोचना मात्र हैन लाईक भन्दा बढि डिसलाईक आउदा दर्शकले बहिस्कार नै गरे भन्दा फरक पर्दैन । सार्बजनिक २२० भागलाई लाईक गर्नेको संख्या १६ हजार छ भने डिसलाईक गर्नेको संख्या भने १८ हजार पुगेको छ । यता डिसलाईकको संख्या मिनेट मिनेटमा बढिरहेको छ । त्यस्तै ११ हजार बढि कमेन्टमा सबैले सो भागको बिरोध गर्दै पुराना कलाकार नै चाहियो भन्दै मिडिया हबलाई भनिरहेका छन् भने मिडिया हब अर्थात सो शृंखला सार्बजनिक गर्ने युट्युब च्यानललाई अनसब्स्क्राईब पनि गरिरहेका छन् ।हेर्नुस सो शृंखला ।

नयाँ कथावस्तु र नयाँ शैलीमा प्रसारण सुरु भएको भद्रगोल नेपाल टेलिभिजन बाट प्रसारण भैरहेको छ भने नक्कली बाबुराम बनेर चर्चा कमाएका ज्योति काफ्लेसहितको निर्देशनमा सुरु भएको हो । दर्शक माझ निकै रुचाएको “भद्रगोल” टेलिफिल्मलाई स्थापनाकालदेखि कै कलाकार ज्योती काफ्ले र अर्का बाहुन डनका भुमिका देखिएका अशोक धितालले संयुक्त रुपमा निर्देशन गर्दै नेपाल टेलिभिजनबाट आएको हो भने पुराना कलाकार नअटाए पछि भने दर्शकहरुले आक्रोश पोखेका हुन् । शुक्रबार ८: ३० बजे प्रसारण हुने “भद्रगोल” नयाँ शैलीसहित निर्देशनमा समेत हात हालेका काफ्ले पहिलेकै चर्चित पात्र मङ्गल थाडु बनेर आएका छन भने अशोक धिलात बाहुन डन बनेका छन ।

काफ्ले नक्कली बाबुरामको रुपमा पनि चर्चित छन । तर जिग्री, पाडे, बले, रक्षा लगायतका भद्रगोलका चर्चित अनुहारहरु नहुदा भने दर्शक खुसी छैनन् । मिडिया हबकै प्रस्तुतीमा नयाँ शैली सहित आउने “भद्रगोल” मा अब भने जनताको जनजिविकासगँ सरोकार र समस्यामा केन्द्रिय हुने विषय बस्तु समेट्दै, त्यहि ठाउँको परिवेश समेत चित्रण गर्ने लक्ष्य रहेको उनले बताए । जसमा ज्योती काफ्ले, अशोक धितालसहित सुजित थापा, राधा श्रेष्ठ, राम बुढाथोकी, अनुमति नेपाली, राजु भुजेल, अर्जुन तिमिल्सिना आदि कलाकारहरुको अभिनय रहने छ ।

तपाईको प्रतिक्रिया