ईटहरी/ एल एन्ड एन मोडल एजेन्सीले बर्दिबास फेसन शो २०७६ को दोस्रो सिजनका लागि पहिलो चरणको अडिसन सनिवार सम्पन्न गरेको छ । यस्तै एजेन्सीले यसपटक छुटेकाहरुको लागि दोश्रो चरण अर्थात ग्राण्ड अडिसन आउदो सनिवार भाद्र २८ गते गर्ने तयारि गरेको छ । २१ गते सनिवार सम्पन्न अडिसनमा १२ जना युवायुवतीहरुको सहभागिता रहेको थियो ।

८ बर्ष देखि ३० बर्षका उमेर समुहले यस फेसन शोमा सहभागी जनाउनको पाउने आयोजकले जनाएको छ । बच्चा देखि युवासम्मलाई र्याम्पमा समेट्ने गरि कार्यक्रमको रुपरेखा तयारी गरिरहेको एजेन्सीका सन्चालक नितिन कायस्थले बताए । इच्छुकले अडिसनका लागि १००० फारम सुल्क तिर्नु पर्ने छ भने यसपस्चात अन्य केही शुल्क नलाग्ने पनि कायस्थले सुनाए ।

आउदो २८ गतेको अडिसन बर्दिवासको गौतम होटलमा ११ बजे देखि ३ बजे सम्म हुने भएको छ । हिन्दुहरुको महान चाड बिजया दशमीलाई लक्षित गर्दै ग्रान्ड फाईनलका दिन नेपाली कला र संस्कृतिलाइ प्रबर्धन गर्ने उद्देश्य सहित हस्तकला, चित्रकला, गायन, नृत्य एबम कमेडीसंग संगै विभिन्न ख्याती प्राप्त फेशन डीजाइनरका ड्रेसहरु समेत प्रस्तुत गरिने छ । अडिसनमा बिवाहित तथा अबिवाहित दुबैले सहभागी जनाउन पाउनेछन । डिथ्री अनलाईन उक्त फेशन शोको अफिसियल मिडिया पार्टनर हो ।

तपाईको प्रतिक्रिया