ईटहरी/ नेपाल टेलिभिजनबाट प्रसारण हुने हाँस्य टेलिश्रृंखला ‘मेरी बास्सै’बाट अलग्गिएको राजु पौडेल (राजु मास्टर) र मरिचमान श्रेष्ठ (बल्छी धुर्वे)ले नयाँ टेलिश्रृंखला लिएर आएका छन् । मेरी बास्सै छाडेको पाँच महिनापछि राजु मास्टर र बल्छी धुर्वेले ‘हल्का रमाइलो’ नाममा टेलिश्रृंखला लिएर आएका हुन् । उक्त टेलिश्रृंखलाकाे लेखन तथा निर्देशन मास्टर र बल्छी धुर्वेले नै गरेका छन् । हेर्नुस पहिलो एपिसोड

मेरी बास्सैमा पनि लेखन तथा निर्देशन उनीहरूले नै गर्दै आएका थिए । मेरी बास्सैमा राजु मास्टर र बल्छी धुर्वेले जुन घर प्रयोग गर्दै आएका थिए ‘हल्का रमाइलो’मा पनि उनीहरूकाे त्यही घर देखाइएको छ ।

‘हल्का रमाइलो’मा मेरी बास्सैकै मास्टरर्नी (अनिता बस्नेत) पनि देख्न सकिन्छ । मास्टर्नीले राजु मास्टर र बल्छी धुर्वेले भन्दा अघि नै मेरी बास्सै छाडेकी थिइन । हल्का रमाइलोमा अन्या कलाकारहरू कमल रेग्मी, दीपक शर्मा, पल्लवि महरा, बेगम पुन मगर, पुष्कर ढुंगेल, कुमार गजुरेल, उज्ज्वल खड्कालगायतको अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया