ईटहरी/ अभिनेता सौगात मल्ल र पूर्व मिस नेपाल तथा अभिनेत्री श्रृष्टि श्रेष्ठ गएको केही वर्षयता एकअर्काको प्रेममा रमाइरहेका छन् ।पछिल्लो समय सौगात र श्रृष्टि प्रेम सम्बन्धमा रहेपछि सौगात जुन फिल्ममा अनुबन्धित हुन्छन् त्यो फिल्ममा श्रृष्टि पनि अनुबन्धित हुन्छिन् भन्ने आरोप सिने बृत्तमा चलिरहँदा सुवानी फिल्म प्रालिको निर्माणमा बन्न लागेको नयाँ फिल्ममा पूनः नायक सौगात मल्ल र श्रृष्टि श्रेष्ठ अनुबन्धित भएका छन् ।

फिल्ममा अनुबन्धित भएसँगै उनीहरु यो आरोपबाट अझै मुक्त हुन नसकेका अनुमान गरिएको छ । सौगात मल्ल र श्रृष्टि श्रेष्ठले अभिनय गरेको फिल्म ‘पोई पर्यो काले’ यहि कार्तिक ८ गते प्रर्दशन हुँदैछ । त्यस्तै, दर्शकले उनीहरुको जोडीलाई ‘मासु भात’मा पनि देख्न पाउनेछन् । मधुसुदन भट्टराईको निर्देशनमा तयार हुन लागेको अनटाइटल्ड फिल्ममा पनि सौगात र श्रृष्टि अनुबन्धित भईसकेका छन् ।

तपाईको प्रतिक्रिया