काठमाडौं/ बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आउने भएकी छन् । आफूले आइटम डान्स गरेको नेपाली चलचित्र ‘पासवर्ड’को प्रिमियर शोका लागि सन्नी नेपाल आउन लागेको बताइएको छ । उनी भोली दिउँसो नेपाल आइपुग्ने बताइएको छ ।

उनका अनुसार दिउँसो २ बजेको सेरोफेरोमा सन्नी काठमाडौं आउने बताइएको छ । साँझ कुमारी हलमा आयोजना गर्न लागिएको प्रिमियर शोमा सन्नी उपथ्ति हुनेछन् ।

चलचित्र ‘पासवर्ड’ आउँदो शुक्रबारबाट प्रदर्शनमा आउँदैछ।२ करोड भारतिय रुपैयाँ पारिश्रमिक लिएर सन्नीले ‘आजको शाम’ बोलको गीतमा आइटम नृत्य गरेकी छन् । फिल्ममा अनुपविक्रम शाही, बुद्धि तामाङ, विक्रमदास जोशी, रविन्द्र झा, धिरेन शाक्य, प्रविन खतिवडालगायतका कलाकारहरुको अभिनय छ ।

तपाईको प्रतिक्रिया