ईटहरी/ लभस्टोरी फिल्म ‘माया बस्छ कि के हो’ को ९५ प्रतिशत सुटिङ युरोपका बिभिन्न देशमा गरिएको छ । राजु अधिकारीको निर्देशनमा बनेको फिल्मको टिम झण्डै एक महिना युरोपको सुटिङ सकेर मंगलबार काठमाडौ फर्कीएको छ ।

युरोपका बेल्जियम, स्कटल्याण्ड, हल्याण्डलगायतका देशका बिभिन्न रमणीय स्थानमा फिल्म खिचिएको निर्देशक अधिकारीले जानकारी दिएका छन् ।

शरद अधिकारीको प्रस्तुति रहेको फिल्ममा नवनायक सोनाल तामाङ र नवनायिका कस्मता निरौलाका साथमा ध्रुव दत्त, बेनी ढुंगाना लगायतका कलाकार मूख्य भूमिकामा छन् । रविन्द्र बरालले खिचेको फिल्मको कार्यकारी निर्मातामा बहादुरसिंह तामाङ र कृष्ण गिरी छन् ।

तपाईको प्रतिक्रिया