ईटहरी/ भारतीय गायक तथा संगीतकार हिमेश रेशमिया र नवगायिका रानु मण्डलको पहिलो गीत सार्वजनिक भएको छ। बिहीबार इन्टरनेटमा सार्वजनिक ‘तेरी मेरी कहानी’ बोलको गीतमा रानु र हिमेश स्वर सुन्न सकिन्छ । रेलवे स्टेसनमा गाउँदै भिख मागेर जीविका चलाइरहेकी रानुको बलिउडमा यो पहिलो व्यवसायिक गीत हो । हेर्नुस भिडियो

हिमेशको नयाँ बलिउड फिल्म ‘ह्याप्पी, हार्डी एन्ड हीर’मा समावेश गीतमा हिमेशले रेलवे स्टेसनमा जीवन चलाउँदै आएकी रानुलाई गाउने अवसर दिलाएका थिए ।

जीवनको उत्तरार्धतिर रेलवे स्टेसनबाट रेकर्डिङ स्टुडियोमा आएर रानुले गाएको गीत सुन्न दर्शक प्रतिक्षारत थिए । साब्बिर अमेदको शब्द तथा गायक हिमेशकै संगीत रहेको गीत सार्वजनिक भएको २४ घन्टा नपुग्दै झन्डै ५० लाखको हाराहारीमा दर्शकले हेरिसकेका छन् ।

तपाईको प्रतिक्रिया