ईटहरी/ फिल्म ‘प्रेम संसार’को पहिलो गीत रिलिज भएको छ । फिल्मको ‘सुनैना सुनैना’ बोलको पहिलो गीत सार्वजनिक गरिएको हो। गीतमा अन्जु पन्त र राजेश पायल राईले स्वर दिएका छन् । अर्जुन पोखरेलको शब्द रहेको गीतमा संगीत पनि उनले नै भरेका हुन् । गीतको भिडियोमा अभिनेता प्रेम सोनी गहतराज र अभिनेत्री आयुष्मा कार्की रोमान्टिक मुडमा देखिएका छन् । हेर्नुस भिडियो

राम गौतमको निर्देशन रहेको फिल्मको कथा लेखन, निर्माता तथा प्रस्तुतकर्ता प्रेम बहादुर सुनार (गहतराज) हुन् भने, उतम केसी र देविन गहतराज कार्यकारी निर्माता, कमल सुनार र सीता सुनार निर्माताको रुपमा रहेका छन् ।

फिल्ममा अर्जुन पोखरेल र विवि अनुरागीको संगीत, शंखर महर्जनको एक्सन, एकेन्द्र सारा शंखर र राम गौतमको कोरियोग्राफी ,दिपेन्द्र बस्न्यातको छायांकन रहेको छ । फिल्ममा प्रेम सोनी, कबिता नेपालीसंगै आयुष्मा कार्की, मोनिका दाहाल, बिबिशा पाण्डे, राम गौतम, अर्जुन पौडेल, करण पौडेल, सुनिल विक, यम बहादुर विक, विजय सुनार, टंक मरासैनी, किशोर पाण्डे, लगायत कलाकारको अभिनय रहेको छ । फिल्म मंसिर १३ गतेदेखि प्रर्दशनमा आउने भएको छ ।

तपाईको प्रतिक्रिया