ईटहरी/ फिल्म ‘लभ स्टेसन’मा प्रदीप खड्कासँग जोडी बाँधेकी चर्चित नायिका जसिता गुरुङ अब फिल्म ‘एन्टी हिरो’ मा अभिनय गर्ने भएकी छिन् । निर्माता भूवन केसीको फिल्म ‘एन्टी हिरो’ मा उनि फाइनल भएकी हुन् । अनमोल केसीको जोडिको रुपमा जसिता गुरुङलाई देख्न सकिने छ ।

यस फिल्मको एक्सनका लागि चकलेटि नायक अनमोल शरीर बनाउनका लागि जिम धाइरहेका छन् । काजोल फिल्मस्को ब्यानरमा निर्माण हुने यस चलचित्र तिहारपछि छायाकंन सुरु हुने अभिनेता भूवन केसीले जानकारी दिए । चलचित्र ‘एन्टी हिरो’ मा बाबु भुवन ले खलनायक र खनमोल नायकको भुमिकामा अभिनय गर्ने भएका छन् ।

उनिहरु यस चन्दा अगाडिको चलचित्र क्याप्टेनमा उनिहरु दुबै एक गीतमा मात्र देखा परेका थिए । तर हालै यो चलचित्रमा भने नायक र खलनायकको भुमिकामा देखा पर्ने भएका छन् । यस चलचित्रमा निर्देशक र अन्य कलाकारको भने फाइनल भएको छैन् । नायिका जसिता भनेयो भन्दा अगाडिको नयाँ फिल्म ‘आईएम ट्वान्टिवान’ मा अनुबन्ध भइसकेकी छन् ।

तपाईको प्रतिक्रिया