ईटहरी/ खासै ठुलो कुरा त हैन तर साम्राज्ञीको लागि आज एउटा सानो संयोग मिलेको छ । उनि अभिनित फिल्म रातो टिका निधारमाको टाईटल गित ‘रातो टिका निधारमा’को भिडियो सार्बजनिक भएको छ भने आजै उनि अभिनित गतवर्ष सार्बजनिक प्रदर्शनमा आएको फिल्म ‘कायरा’ पनि युट्युबमा सार्बजनिक भएको छ । दशैंको घटस्थापना अर्थात् असोज १० बाट देशैभर एकसाथ प्रदर्शनमा आउन लागेको भेट्रान निर्देशक अशोक शर्मा निर्देशित चलचित्र ‘रातो टिका निधारमा’ मा दशक अगाडिको सुपरहिट चलचित्र ‘अल्लारे’ को सदाबहार गीत ‘रातो टीका निधारमा टलक्क टल्कियो’ लाई रि-एरेञ्ज गरेर राखिएको छ । हेर्नुस भिडियो ।

शुक्रबार निर्माण टिमले यो गीतको रिमेक भर्सन सार्वजनिक गरेको छ । गीतको ओर्जिनल भर्सनमा उमेश पाण्डे र रमना श्रेष्ठको स्वर छ । रिमेक भर्सनमा गायक प्रमोद खरेल र गायिका मेलिना राईले स्वर भरेका छन् । पुरानो गीतमा संगीत भरेका शम्भुजित बाँस्कोटाले नै यो गीतलाई रि-एरेञ्ज गरेका हुन् । गीतका वास्तविक सर्जक शहदेव ढुंगाना हुन् । बसन्त श्रेष्ठको कोरियोग्राफी रहेको गीतमा अभिनेत्री साम्राज्ञी आरएल शाह र नव-अभिनेता अंकित शर्मा फिचर्ड छन् । गीतले दशैं नजिकिएको भान गराउँछ ।

गीतको भिडियोमा अंकित र साम्राज्ञीसँगै रविन्द्र झा, नीता ढुंगाना, खुस्बु खड्का, बुद्दि तामाङ, बसुन्धरा भुषाल, शिवहरि पौडेल, अरुणा कार्कीलगायतका कलाकार पनि अटाएका छन् । चलचित्रले वैदेशिक रोजगारीको कथा वाचन गरेको छ । अभिनेत्री साम्राज्ञीले यो चलचित्रमा पहिलो पटक गाउँले भूमिका निर्वाहा गरेकी छन् । निर्देशक अशोक शर्माका छोरा अंकितले यही चलचित्रबाट डेब्यू गरेका हुन् । ए.ए ग्रुप अफ कम्पनीजबाट निर्माण भएको चलचित्रमा किरण शर्मा र कृति शर्माले लगानी गरेका छन् । चलचित्रलाई निर्देशक शर्माकी श्रीमती किरन शर्मा र छोरी कृति शर्माले निर्माण गरेका हुन् ।

यस्तै आज नै युट्युबमा साम्राज्ञी राज्य लक्ष्मी शाह अभिनित फिल्म ‘कायरा’ पनि सार्बजनिक भएको छ ! पछिल्लो समय चल्तीकी नायिका सम्राज्ञी र एक समयका चल्तीका चकलेटी नायक आर्यन सिग्देल अभिनित फिल्म ‘कायरा’ २०७५ को साउन १८ गतेबाट अल नेपाल रिलिज भएको थियो । गीता संगीतका कारण र स्टार्कास्टका कारण फिल्म प्रदर्शन अघि प्रतिक्षित भएपनि प्रदर्शन पश्चात भने खासै दर्शक हलमा तान्न सकेन । हेर्नुस उक्त पुरा फिल्म

यता फिल्म युट्युबमा सार्बजनिक गरेपछि हेर्ने दर्शकले भने आर्यन र साम्राज्ञी सहित फिल्म राम्रो भएको कमेन्ट गरिरहेका छन् । नायक आर्यन सिग्देल कै निर्माण रहेको कायरा फिलिपिन्समा छायाङ्कन गरिएको थियो । कुनै समय फिल्ममा एकछत्र राज गरेका आर्यन सिग्देलको चकलेटी अनुहारले दर्शकको मन त लोभ्यायो तर निर्माता निर्देशकको नजरमा धेरै समय टिक्न सकेनन । र पछिल्लो समय उनी फिल्म निर्माणमा अग्रसर भएका छन । आर्यनको तेश्रो निर्माण रहेको फिल्म ‘कायरा’मा लक्ष्मण रिजालको निर्देशन छ भने संगीत कल्याण सिंहको रहेको छ ।

तपाईको प्रतिक्रिया