- सुवास संकल्प

ईटहरी/ सुपरहिट नेपाली फिल्म कबड्डी को तेश्रो सिरिज ‘कबड्डी कबड्डी कबड्डी’ को पहिलो गीतको भिडियो सार्बजनिक भएको छ । ‘माया पिरती’ बोलको गीतमा काली प्रसाद बास्कोटाको स्वर, संगीत र सब्द समाबेश गरिएको छ । यस अघि सार्बजनिक ट्रेलर र गीतका कारण पनि फिल्म निक्कै प्रतिक्षित बनिरहेको छ । हेर्नुस भिडियो यस्तो बनेको छ ।

रामबाबु गुरुङको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ को यसअघि टिजर, ‘दुबो फुल्यो’ र टाईटल गीत गरी २ गित संगै पोस्टर पनि सार्वजनिक गरिसकिएको छ । फिल्म आगामी असोजको ३ गतेबाट रिलिज हुदैछ । बासुरी फिल्म्सको निर्माण र सिनेमा आर्टको प्रस्तुति रहेको चलचित्रसँग माउन्टेन स्टोरिज र नौमती इन्टरटेनमेन्टले सहकार्य गरेका छन् ।

स्वजातिय विवाह र अन्तरजातीय प्रेम सम्वन्धको अन्तरद्वन्द रहने चलचित्रमा दयाहाङ राई, रिश्मा गुरुङ, उपासना सिंह ठकुरी, कर्मा शाक्य, माओत्से गुरुङ, पुष्कर गुरुङ, कविता आले, विल्सन बिक्रम राई, बुद्दि तामाङ, लुनिभा तुलाधर, विजय बराल, कमलमणि नेपाल, अरुणा कार्की पोखरेल, राजन खतिवडा, मणि के राई, डि।बि गुरुङ, राजेन्द्र थापालगायतका कलाकारको अभिनय देख्न सकिनेछ ।

तपाईको प्रतिक्रिया