ईटहरी/ नेपाली सिने उधोगमा बेलाबेला सेलिब्रेटिको फन्डा चल्ने गर्छ । सुस्ताएका सेलिब्रेटीले होस वा चल्तिका सेलिब्रेटी । फण्डा प्रायको दैनिकी नै जस्तै बन्दै आईरहेको छ । यता नायिका प्रीयंका कार्की यस्तो फन्डाको लागि अगाडी नै छिन भन्दा सायदै गलत हुदैन । बेलाबेलाको बिकिनी अवतारले चर्चा र आलोचित भैरहने कार्की फेरि बिकिनी अवतारमै फर्किएकी छन ।

सार्बजनिक माथिको तस्वीरलाई प्रीयंकाले आफ्नो अफिसियल ईन्स्टाग्राम एकाउन्टमा सार्बजनिक गरेकि हुन् । तस्वीर सहित उनले “एब्सुलिट्ली ईन्जोईङ द लास्ट फिउ विक्स अफ समर” लेखेकी छिन । आफू पछिल्लो केही सातादेखि गर्मी मौसममा रमाईरहेको कुरालाई उल्लेख गर्दै बिकिनी अवतारको तस्वीरलाई सार्बजनिक गरेकी हुन् ।

उनले केहि दिन अघिमात्र व्हाईट टु पिसमा बिकिनी अवतारको तस्वीरलाई सार्बजनिक गरेकि थिइन् । जुन तस्वीरमा पनि उनको हट अवतारले सबैलाई मोहित बनाउछ । पछिल्लो समय आफ्नै युट्युब च्यानलको लागि वेब सिरिज निर्माणमा जुटेकी उनले नायिका सृष्टि श्रेष्ठ संग मिलेर निर्माण गर्ने उक्त “जस्ट अनोदर लभ स्टोरी” को दोश्रो भाग सार्बजनिक गरिसकेकी छन् । जस्लाई धेरैले मन पराएका पनि देख्न सकिन्छ । यता बिकिनी अवतारको कुरा गर्दा उनलाई नर्मल नै लाग्न थालेको हो भन्ने बुझ्न सकिन्छ ।

तपाईको प्रतिक्रिया