- सुवास संकल्प

ईटहरी/ पछिल्लो समय नेपालमा विभिन्न कन्सेप्टमा फेसन शो गर्नेहरूको लाम बढ्दै गैरहेको छ । कोहि नकारात्मक कामका कारणमा आलोचित छन भने कोहि वाहवाहीले आफ्नो काममा जोश जागर थपिरहेका छन् । यस्तैमा फेशनमा नया ईतिहास कायम गर्ने उद्देश्य सहित नया कन्सेप्ट र नाममा “मिस्टर दारी-२०१९” सम्पन्न भएको छ ।

गत आईतवार अर्थात असोज १२ गते काठमाडौमा सम्पन्न फाईनलमा नेपालको पहिलो मिस्टर दारी “देवराज दुलाल” बन्न सफल भएका छन् । देशभरको अडिसनबाट छानिएका दर्जनौ मिस्टर दारीका दाबेदारहरुलाई विभिन्न खेल, फेसन तथा ब्याक्तित्व बिकासको प्रशिक्षण दिइएको थियो । छनौटमा पर्दै फाईनलमा पुगेका आफ्ना १९ प्रतिष्पर्धीलाई उछिन्दै उनले उपाधी चुम्न सफल भएका हुन ।

यस्तै मिस्टर दारिको फर्स्ट रनरअप बसन्त परियार  बन्न सफल भए भने सेकेन्ड रनरअप क्षितिज केसि बनेका छन् । ठन्डर प्रोडक्सनको आयोजनामा देशभरका धेरैको चासो र सहभागीता रहेको मिस्टर दारीको पहिलो सिजनलाई सफलताका साथ सम्पन्न गर्न सकेकोमा आफू उत्साहित रहेको ठन्डरका संचालक बिजय कार्की बताउछन् । आगामी दिनहरुमा अझै नया कन्सेप्टका ईभेन्टहरु आयोजना गर्ने उनको भनाई छ ।

शोको अफिसियल कोरियोग्राफरको रुपमा सनिश शाक्य रहेका थिए भने ब्राण्ड एम्बासडरको रुपमा अभिषेक राज शिह थापा रहेका छन् । उनी दार्ही ग्याङका एडमिन हुन् । “मिस्टर दारी”को बिजेताले गौतम होलिडेजबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टुरको ब्यवस्था संगै १ लाख नगद पुरस्कार र पस्मिनाको ब्राण्ड पनि पाउनेछन । यस्तै बिजेताले अन्तरास्ट्रिय शोहरु तथा बलिउडमा पनि अवसरका लागि पठाईने कार्कीको भनाई छ । “मिस्टर दारी”को अफिसियल मिडिया पार्टनरको रुपमा डिथ्री अनलाईन रहेको छ भने शोको सम्पुर्ण फोटोग्राफी पापाज फोटोग्राफीले गरिरहेको छ ।

तपाईको प्रतिक्रिया