ईटहरी/ नृपेश उप्रेतीले बिगत लामो समय देखि युकेमा बसेर नेपाली गीत संगीत, साहित्य र पत्रकारितामा आफ्नो कलम चलाउदै आएका छन । गीतकार, गजलकार र संगीतकारका रुपमा आफ्नो परिचय बनाएका उप्रेतीका गीत र गजल सोर्ता र दर्शक माझ लोकप्रिय छन । नेपाली गीत संगीतलाई मनै देखि माया गर्ने उप्रेतीले दशैँ तिहारको रमाइलो मौसमलाई अझै रमाइलो बनाउनको लागि “ज्यानमाया” बोलको गीत सार्वजनिक गरेका छन । हेर्नुस् भिडोयो ।

लोक आधुनिक गीतको समिश्रण “ज्यानमाया” डान्सिङ प्याटर्नको गीत हो । यस गीतमा स्वर लोकप्रिय गायक प्रमोद खरेलको छ भने  नृपेश उप्रेतीको शब्द र संगीत रहेको छ । गीतको संगीत संयोजन पुरुषोत्तम सुबेदीले गरेका हुन् । “ज्यानमाया”को म्युजिक भिडोयोमा पछिल्लो समय गलबन्दी गीतका कारण चर्चामा रहेकी नायिका अन्जली अधिकारी को साथमा टिकटकबाट चर्चित बनेका हिमांशु  कार्कीले अभिनय गरेका छन् ।

प्रबिन थापाको निर्देशन गरेको म्युजिक भिडियोलाई बासु बरालले छायांकन गरेका हुन् भने शक्ति प्रज्वल घिमिरेले सम्पादान गरेका हुन् । यस गीतबाट आफु निकै आशावादी रहेको र दर्शक स्रोता बाट राम्रो प्रतिक्रियाको अपेक्षा राखेको गीतकार उप्रेतीले बताएका छन । खुशी इन्टरटेन्मेण्टको प्रस्तुति “ज्यानमाया” ह्वाइट मिडियाले निर्माण तथा उत्पादन गरेको हो ।

तपाईको प्रतिक्रिया