- सुवास संकल्प

इटहरी/ नेपालीहरुको महान पर्व दशै टीकाको आज दोश्रो दिन । देश बिदेशमा रहेका नेपालिहरुले दशै हर्सोल्लासका साथ मनाईरहेका छन् । यस्तैमा नेपालका चर्चित अनुहारले पनि ब्यस्ततालाई पर सार्दै दशै मनाएका छन् । यस्तै भारतिय टेलिभिजनको चर्चित गायन रियालिटी शो सारेगमप लिटिल च्याम्पमा सेकेन्ड रनरअप भएर एकाएक चर्चा कमाएका प्रीतम आचार्यले पनि हर्सोल्लासमा दशै मनाएका छन् ।

पछिल्लो समय देश बिदेशका विभिन्न कार्यक्रमहरुमा ब्यस्त बनेका प्रीतमले घरमा बुवा आमाको हातबाट टीका र आशिर्वाद लिएपछि आफ्नो मामा घर दमक पुगेका थिए । ईटहरी स्थायी घर भएका प्रीतम यतिबेला घरमै छन् । हेर्नुस् हामिलाई प्राप्त उनका र उनको परिवारका केही दशै विशेष टीका तस्वीर ।

तपाईको प्रतिक्रिया