- सुवास संकल्प

ईटहरी/ नेपाली हरुको महान पर्व यतिबेला धुमधमका साथ मनाईरहिएको छ । २०७६ सालको दशै सक्किए लगत्तै अब झिलिमिलीको पर्व तिहारले हिन्दु नेपालिहरुको घरदैलो आउने तयारी गरिरहेको छ । यता कलाकारहरूले पनि चाडवाडका गीतहरु हरेक वर्ष सार्बजनिक गर्दै आईरहेका छन् । यस्तैमा गायक तथा मोडल दुर्गेश थापाले पनि तिहार गीत सार्बजनिक गरेका छन् । यसपटक चाडपर्व विशेष गीत निकाल्ने गायकमा अगाडि आएका छन दुर्गेश । त्यसमा पनि फरक शैलीको गीत ।

हिन्दु नारिहरुको महान पर्व तिजलाई लक्षित गर्दै निकालिएको बिच बिचमा खुबै हिट भयो । तिजमा विशेषगरि केटाहरुलाई लक्षित गरेर निकालिएको उक्त गीत तीजका कार्यक्रममा मात्र हैन सामाजिक संजाल फेसबुज तथा टिकटकमा पनि खुबै लोकप्रिय भयो । यतिमात्र हैन उक्त लयलाई दिपक दिपाको छ माया छपक्कै फिल्ममा पनि प्रोमोसनल गीतको रुपमा दुर्गेशकै आवाजमा समाबेश गरियो । हाल उनले तिहार गित “ह्याप्पी तिहार चिसो बियर” सार्बजनिक गरेका छन् । हेर्नुस उक्त गीतको भिडियो ।

सार्बजनिक गीत हालसम्मको तिहार गित भन्दा निक्कै फरक छ । क्लब गीतको शैलिमा तयार गरिएको उक्त गीतलाई दुर्गेशले आफ्नै नामको युट्युब च्यानलबाट सार्बजनिक गरेका छन् । गीत ४ मिनेटको भएपनि भिडियो भने रिपिट गरेर १० मिनेट ११ सेकेन्डको बनाएर युट्युबमा अप्लोड गरिएको छ ।

सार्बजनिक गीतमा दुर्गेशको आवाज संगै संगीत पनि उनकै रहेको छ भने शब्द लेखनमा दुर्गेशलाई डिपि खनालले सघाएका छन् । एरेन्ज सहास शाक्यले गरेका हुन् । गायन संगै प्राय आफ्नो गीतमा आफै फिचर्ड हुने दुर्गेश यस गीतमा पनि दोहोरिएका छन्  । यस्तै उनलाई बिकाश लामिछाने, रुद्र बोहरा, अर्जुन गौतम, सुवास लामा र अनुप केसि पनि भिडियोमा देखिएका छन् ।

भिडियोलाई निर्देशन तथा कोरियोग्राफी शिव बिकले गरेका छन भने क्यामेरा नवराज उप्रेतीले चलाएका छन । बिकाश ज्ञावालीले सम्पादन गरेको भिडियोलाई युट्युबमा यहि अक्टोबर ८ मा सार्बजनिक गरिएको हो । सार्बजनिक पश्चात् गीत तथा भिडियोले चर्चा त बटुलिरहेको छ । तर उक्त चर्चाले २ पाटो लिएको छ, एक सकारात्मक र अर्को नकारात्मक । उनको गायिकी र शैलीका बारेमा बिमल श्रेष्ठले “धेउसी भैलोको मौलिकता माथी लात हानेको हो कि भन्ने भान भयो । यस्तै पारा हो भने त हाम्रो मौलिकता हराएर गैहाल्छ नि” भनेर कमेन्ट गरेका छन् ।

यस्ता केहि नकारात्मक कमेन्टहरु निक्कै आएका छन भने सकारात्मक प्रतिक्रियाको पनि कमि भने छैन । तर धेरैले यो गीतको शैलीलाई औल्याउँदै तिहारको मौलिकतामाथी दुर्गेशलाई प्रश्न तेर्स्याएका छन । भिडियोलाई यो समाचार तयार गर्दा सम्म ७ लाख ५५ हजार भन्दा बढी पटक हेरिएको छ भने ३२ हजारले लाईक गर्दा ३ हजारको हाराहारीमा डिसलाईक आएको छ । सामाजिक संजाल टिकटिकमा समेत लोकप्रिय बनेको गीतको भिडियोमा १ हजार ८ सय बढी प्रतिक्रिया आएको छ ।

तपाईको प्रतिक्रिया