- रमेश पौडेल

ईटहरी/ डमुन इन्टरटेन्मेन्ट धरानले आयोजना गरेको “स्टेट १ सिङगिङ आईडल”मा उदयपुर बेलका नगरपालिका ९ की शोभा तामाङ् फाइनल राउण्डमा पुग्न सफल बनेकी छिन् । उदयपुरको गाईघाटमा भएको अडिसनमा १४ जाना छानिएका मध्ये शोभा फाईनल राउण्डमा पुग्न सफल बनेकी हन् । डमुन इन्टरटेन्मेन्टले जेष्ठ १८ गतेबाट सुरु गरेको “स्टेट १ सिङगिङ आईडल”मा १६ बर्ष देखि ३० बर्ष उमेर समुहका युवायुवतीलाई भाग लिने व्यवस्था मिलाईएको थियो ।

प्रदेश नं. १ को १३ वटा स्थानमा अडिसन गरेको “स्टेट १ सिङगिङ आईडल”मा १३ जना फाईनल राउण्डमा पुग्न सफल बनेका थिए ।
शोभा सानै देखि गित संगितका रुचि राख्ने र गाउने गर्थिन् । उनले गाएको सुरु सुरुमा बाबाले खासै मननपराए पनि अहिले भने उनलाई राम्रो संग सपोर्ट गरीराखेका छन् । शोभाले २ महिना धरानमा रहेको सुरसाज संगितालयमा र २ महिना नाद सरगम संगित बिधालयमा संगित सिकेकि छन् ।

यस प्रतियोगितामा आएपछि पहिलेको तुलनामा स्टेजमा गएर गित गाउनको लागी आत्मबिश्वास बढेको र पहिले पप गित मात्र गाउने गर्थे आजकाल संगित सिक्न थालेपछि आधुनिक गितमा समेत रस बस्न थालेको शोभा बताउछिन् । शोभाले आफुलाई भोट गरेर बिजेता बनाउन सम्पुर्ण मानुभावहरुमा अनुरोध गरेकी छिन् । आफु बिजेता नभए पनि गित संगित कहिलै नछोडने बताउछिन् ।

शोभा तामाङलाई भोट गर्नका लागी क्यापिटल SI टाइप गरी स्पेस दिएर 12 टाइप गरी 35005 मा सेन्ड गर्नसक्नु हुनेछ । सिङगिङ आइडलको बिजेताले भेष्पा स्कुटर, एउटा भिडियो, एउटा गित रेकर्डिङ सहित १ बर्षसम्म रेडमुनसंग साङ्गीतिक कार्यक्रमको लागी अनुबन्धन गराइने छ भने दोस्रो पुरस्कार नगद ७० हजार, एउटा गित रेकर्डिङ, तेस्रो पुरस्कार नगद ५० हजार र गित रेकर्डिङ रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया